Mindblown: a blog about philosophy.
-
च्याउले बदलिँदै मुगालीको भाग्य, एक केजी च्याउको मूल्य ३० हजार भन्दा बढी
१५ चैत्र,मुगु। गुच्ची च्याउ संकलनको मौसम शुरू भएसँगै मुगुवासीहरु जंगलबाट जडीबुटीजन्य गुच्ची च्याउ सङ्कलन गर्न व्यस्त भएका छन्। मनग्य आम्दानी गर्न थालेका छन्। छायाँनाथ रारा नगरपालिकाका-६ ७,८,९, १०, १२, १३ र १४, सोरू गाउँपालिकाका-२ ३,४ र ६ खत्याड गाउँपालिकाका-६, ७ र ८ मुगमकार्मारोङ गाउँपालिका-६, ७, ८ र ९ नम्बर वडाका स्थानीयको आम्दानीको बलियो स्रोत…
-
जितबहादुर र दिलबहादुरलाई मैदानमा उतार्ने एकीकृत समाजवादीको निर्णय
१४ चैत, काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । इलाम–२ मा जीतबहादुर राई र बझाङ (क) मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय एकीकृत समाजवादीले गरेको हो । राई पूर्व गाउँपालिका अध्यक्ष हुन् । उनले २०७४ को चुनावमा माइजोगमाईँ गाउँपालिका अध्यक्ष जितेका थिए ।
-
मूर्ति चोर पक्राउ
१३ चैत्र,भृकुटी न्यूज। धादिङ थाक्रे गाउँपालिका-६ महादेव बजारस्थित कुतकुते महादेवश्वर मन्दिरबाट राधाकृष्ण र गणेशको मूर्ति चोरी गरेको अभियोगमा सोही गाउँपालिका-३ मल्डुङ बस्ने ३८ वर्षीय सिताराम घिमिरेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्तिमाथि प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान सकेर घट्नाको सत्यतथ्य सार्वजनिक गर्ने प्रहरीले जानकारी दिएको छ।
-
एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान
१३ चैत्र,काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान गरेका छन् । बोआओ फोरममा भाग लिन भन्दै उपाध्यक्ष पौडेल मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । एमाले उपाध्यक्ष पौडेल सहभागी हुने बोआओ फोरममा सरकारका तर्फबाट चीनका लागि नेपाली राजदूत सहभागी हुनेछन् । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि अहिले चीनमै छन् ।
-
उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठ आज राती ११ बजे चीन जाँदै, ८ दिन सम्मको भात भान्सा उतै , ठाउँ हेर्ने र मुख फेर्ने तयारी।
११ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज ८ दिने चीन भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् । भ्रमण र निमन्त्रणा किन र के कालागि भन्ने कुरामा नेपाली जनता स्पष्ट नभए पनि स्पष्ट पार्नु…
-
भक्कानिएर रोएका कृष्ण बहादुर महरा अचानक गम्भीर बिरामी,नर्भिक अस्पतालमा उपचार हुँदै
काठमाडौँ – पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा अचानक गम्भीर बिरामी परेका छन् । हाजिर जमानीमा आज रिहा भएका महरा घर जाने तयारी गरिरहेकै बेला अचानक स्वास्थ्य अवस्था थप जटिल बने पछि चिकित्सकको सल्लाहअनुसार अस्पतालमै राखिएको पारिवारिक स्रोतले बतायो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको सहमतिमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई हाजिर जमानीमा छोड्ने…
-
राजमार्गमा माछा फालेर किसानले गरे प्रदर्शन
९ चैत्र,मंगलवा। सर्लाही माछापालक किसानहरूले शुक्रबार फूलजोर चोकस्थित पूर्व पश्चिम राजमार्गमा माछा फालेर प्रदर्शन गरेका छन्। बढाइएको विद्युत् महसुल फिर्ता गरी पहिलेकै महसुल कायम गर्न माग राख्दै माछापालक किसानहरू प्रदर्शनमा उत्रेका हुन्।माछा पालक किसानको ढाड सेक्ने विद्युतको चर्को महसुलले व्यवसायबाटै हात धुनुपर्ने अवस्था आएको भन्दै किसानले राजमार्गमा माछा फालेर आन्दोलन गरेका छन् ।
-
पुरानो आयोग खारेज,नयाँ गठन गर्ने तयारी
९ चैत , काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो । ३० भदौ २०७८मा सरकारले नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो । सत्ता गठबन्धन बद्लिएसँगै अर्को नयाँ भूमि आयोग गठन गर्ने उदेश्यले राष्ट्रिय भूमि आयोग खारेज…
-
डा.आरजु राणा दिल्ली,दुर्गा प्रसाईँ मुम्बई र विनोद चौधरी श्रीलंकामा
८ चैत्र,काठमाडौँ। सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका उडेका छन् । बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् । यस्तै वित्तीय आतंक फैलाएको आरोप लागिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ मुम्बई पुगेका छन् ।हतियार सहित सर्वोच्च अदालतमा प्रसाईँका निजीगार्ड पक्राउ परे लगत्तै प्रसाईँ मुम्बई पुगेका हुन् । उता काङ्ग्रेस…
-
पुूर्व उपराष्ट्रपतिका छोरा दिपेश टोखाबाट पक्राउ
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका उनलाई सोही अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको बुझिएको छ । टोखा छेत्रलाई मुकाम बनाएर सुन तस्करी गर्दै आएको पुन समूहका सदस्य मध्ये एक दिपेश पक्राउ पर्नु सकारात्मक भए पनि यो जालो तोड्न भने सजिलो…
Got any book recommendations?