रातको ११ बजे सकियो सिडिओ र आइजीपीसँग गृहमन्त्रीको बैठक, रास्वपा महामन्त्री बुर्लाकोटी गृह मन्त्रालय पुगे

0

८ वैशाख । गृहमन्त्री सुधन गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरीका आईजीपी दानबहादुर कार्की, काठमाडौँका सीडीओ सहितका उच्च सुरक्षा अधिकारीहरूसँग छलफल गरेका छन् । साँझ ६ बजेदेखि सुरु भएको छलफल राति करिब ११ बजेसम्म चलेको थियो ।

छलफल के विषयमा केन्द्रित थियो भन्ने खुलाइएको छैन । राति ११ बजे मन्त्रालयबाट बाहिरिनेक्रममा सञ्चारकर्मीले ठूला माछा समात्न लागिएको हल्ला छ नि ? भन्दा गृहमन्त्रीले ‘पछि भनौँला’ भन्ने जवाफ दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here