• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

एनआरएनएभित्र हामीजस्ता युवाहरुको आवश्यकता अपरिहार्य छ : राज रेग्मी (अन्तर्वार्ता)

राज रेग्मी
उम्मेदवार, एनआरएनए आइसीसी उपाध्यक्ष

गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी अक्टोवरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष राजु रेग्मी ‘राज’ले एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएमा युवा सहभागिता र उद्यमशिलता बढाउने लक्ष्यसहित रेग्मीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एनआरएनए अभियानमा अप्रत्यक्षरुपमा स्थापनाकालदेखि नै निरन्तर मध्यपूर्व युवा संयोजक हुँदै आइसीसी युवा उपाध्यक्ष भएर कुशलताका साथ जिम्मेवारी निभाएका रेग्मीले एनआरएनए अभियानको यात्रालाई निरन्तरता दिदै आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । एनआरएन अभियानमा उदयीमान तथा उर्जाशील रेग्मी कतारमा सफल व्यवसायीका अलावा समाजसेवीका रुपमा परिचित छन् ।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मीको भनाई छ । रेग्मीले भनेका छन्–‘सन् २०२३–२५ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छा अनुसार मैले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’ रेग्मीले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्धालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । कतार तथा नेपालमा सामाजिक कार्यका लागि सदैव अग्रस्थानमा रहेर सहयोग तथा समर्थन गर्दै आएका रेग्मी कसैसँग नबिझाउने व्यक्तिका रुपमा चिनिन्छन् । एनआरएन अभियानमा उनको उपस्थितिलाई विश्वभरका नेपालीले स्वागत गरेका छन् । विश्वभर रहेका नेपालीहरुसँग अपील गर्दै रेग्मीले भनेका छन्–‘आजको दिनसम्म आइपुग्दा यहाँहरुको माया, साथ, सुभेक्षा र समर्थनले जुन सफलता हासिल गरे भोलिका दिनमा आईसीसी उपाध्यक्षमा रहेर काम गर्ने अवसर दिनुहुनेछ भन्ने आशासहित हार्दिक अपिल गर्दछु ।’

सामुहिक लगानीमा युवाहरुको सहभागिता, युवा स्वरोजगार, सीप र पूँजीको व्यवस्थापन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, राहत कोष स्थापना, नेपाली कला सँस्कृतिको जगेर्ना, मतदानका लागि पहल गर्ने, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने लगायतका प्रतिवद्धता रहेका छन् । रेग्मीले केही दिनमा औपचारिक कार्यक्रम गरेर आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गर्ने जनाएका छन् । एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका रेग्मीसँग एनआरएनएको निर्वाचन र उनका एजेण्डाका सेरोफेरोमा रहेर गरिएको छोटो कुराकानी :

एनआरएनएमा आगामी नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ, तपाईले आइसीसी उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ, तपाईको उम्मेदवारी किन ?

हो, मैले आगामी कार्यकालका लागि उपाध्यक्ष (खुल्ला) पदमा उम्मेदवारी दिएको छु । गैरआवासिय नेपाली संघ जुन उद्देश्य बोकेर सन् २००३ मा स्थापना भयो । यसले लिएको उद्देश्यहरुलाई निष्कर्षमा पु¥याउनका लागि अबको नेतृत्व उर्जाशिल हुनुपर्छ । दोस्रो पुस्ताका साथीहरुलाई यो अभियानमा समेटेर यो संस्थाप्रतिको ट्रान्सफर्मेशनको लागि केही गर्ने जमर्को गरेर म आउने कार्यकालका लागि उपाध्यक्ष पदमा अगाडि बढ्ने मनासाय बनाएको छु । धेरै साथीहरुललाई मैले मेरो उम्मेदवारीका बारेमा भनिसकेको छु । र, छिट्टै म मेरो औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्नेछु ।

एनआरएनएमा परिवर्तनको आभास दिलाउन तपाईहरु जस्ता युवा नेतृत्वको जरुरत भएको हो ?
गैरआवासिय नेपाली संघ एकपल्टको नेपाली सधैंको नेपाली र समृद्ध नेपालको सपना बोकेर २००३ मा स्थापना गर्नु हुने दाईहरु उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भीम उदास लगायत सम्पुर्ण अग्रज दाजुहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु । यहाँहरुले जुन अभियानका साथ यो यात्रा शुरु गर्नभो त्यही अभियानले गर्दा आज हामी डायस्पोरामा रहेका सम्पुर्ण नेपालीहरु एक ठाउँमा उभिने माध्यम बनेको छ । यो माध्यम मार्फत सुखि र समृद्ध नेपाल बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ । तसर्थ, गैरआवासिय अभियानमा धेरै अग्रज अभियान्ताहरुले योगदान दिनुभएको छ । गैरआवासिय नेपाली संघले जन्मभूमिप्रति पुरा गर्ने जिम्मेवारी राम्रोसँग निभाएको मैले अनुभव गरेको छु । विदेशमा अप्ठ्यारोमा परेका दाजुभाई दिदिबहिनीहरुको हकहितको लागि यो अभियानले सहयोगको काम गरेको छ । गैरआवासिय नेपाली संघ चै साच्चिकै समृद्ध नेपाल बनाउनको लागि सारथी हो भन्ने लाग्छ मलाई । अग्रजको योगदानको उच्च मुल्यांकन गर्दै अव केही परिवर्तनका लागि युवाको आवश्यकता छ । एनआरएनएभित्र पनि परिवर्तनको जरुरी छ । हामीजस्ता युवाहरुको आवश्यकता अपरिहार्य छ भन्ने लाग्छ ।

तपाई एनआरएनए अभियानमा केही पछि आएर अलिक फड्किएर उपाध्यक्ष पद ताक्दै हुनुहुन्छ भनिन्छ नि ?
त्यस्तो होइन । म २००३ सालमा कतारमा श्रमिकको रुपमा छिरेको हुँ । अग्रज दाईहरुले लिएर आएका उद्देश्यहरु साथै गैरआवासिय नेपाली संघले संकल्प गरेका उद्देश्यमा म कतै न कतै जोडिइरहेको छु । एनआरएनएले बोकेर हिडेका नाराहरुप्रति म बढी प्रभावित भएर मैले पनि यो अभियानमा जोडिएर केही गर्न सक्छु भन्ने मनासायका साथ आएको हुँ । म यो गैरआवासिय नेपाली संघमा पहिल्यैबाट अप्रत्यक्ष रुपमा सपोर्ट गर्दै आइरहेको छु । मलाई पदमै गएर केही गर्नुपर्छ भन्दापनि संस्थाको लागि सामाजिक काममा सबै मिलेर केही गर्नुपर्छ भन्ने लाग्छ । पछिल्लो समय धेरै अग्रज दाईहरुको साथ,सुझाव र सल्लाह अनुसार म अगाडि बढेको हँु । विशेष गरेर मध्यपूर्व वा श्रमिकको मुलुकबाट पनि एनआरएनएमा चासो राख्ने, राम्रो लिडरशिप गर्न सक्ने क्यापासिटीका व्यक्तित्व पनि छन् भन्ने देखाउनु पर्ने अवस्था आएको छ । गैरआवासिय नेपाली संघमा धेरै अभियान्ता तथा अग्रजहरुले दिएको सुझाव अनुसार यो पदमा गएर केही गर्न सकिन्छ भन्ने अभिप्राय मेरो छ । पछिल्लो कार्यकाल म युवा संयोजक, युवा उपाध्यक्षको रुपमा रहेर काम गर्ने मौका पाए । त्यसबेला मैले केही फरक किसिमको कार्यक्रमहरु पनि गरेको थिए । आगामी दिनहरुमा सम्पुर्ण गैरआवासिय नेपाली संघका सुभचिन्तक साथीहरुले म प्रति विश्वास गर्नुभयो र म प्रति केही देख्नुभयो भने पक्कै पनि काम गर्ने मौका दिनुहुन्छ भन्ने आशा र विश्वास पनि गरेको छु ।

एनआरएनए अभियानमा १० औं महाधिबेशन राम्रो हुन सकेन । केही टुटेका मनहरु बाहिर छन्, अवको यात्रा सँगसँग गर्नका लागि तपाईको के आह्वान छ ?
आगामी कार्यकालको महत्वपुर्ण जिम्मेवारी भनेकै समृद्ध नेपाल बनाउनको लागि विचार फरक भएपनि बाटो फरक भएपनि सबैलाई एकैठाउँमा जोडेर अगाडि बढ्नु महत्वपूर्ण पाटो हो । त्यसको लागि आगामी कार्यकालमा सकेसम्म दशौं महाधिवेशनमा फरक विचार राखेर बस्नुभएका सम्पुर्ण एनआरएनए अग्रजहरुलाई मैले विशेष गरी अनुरोध गर्छुकी तपाई हामीहरु सिमीत समयको लागि बाहिर बसेका छौ, बाहिर बसेता पनि हाम्रो मन, माया मातृभूमिप्रति छ । तसर्थ साच्चिकै मातृभुमिको विकासको लागि केही गर्ने हो भने तपाई हामी फुटेर होइन जुटेर अगाडि बढ्नुपर्छ । त्यसको लागि हामीसँग भएका केही असमझदारीहरुलाई एकआपसमा सल्लाह गरेर सबैको मनोभावनालाई समेटेर एकजुट भएर जानुपर्छ । सम्पुर्ण डायस्पोरामा बस्ने नेपालीहरुको माग पनि त्यही हो र त्यसको लागि अगाडि बढ्नुपछ्र्र र एकता नै हामी सबैको विजयको प्रतिक हो भन्न चाहान्छु । हामी सबै मिल्नुको विकल्प नै छैन ।

तपाईलाई उपाध्यक्ष पदमा जिताउनुको मुख्य कारण के हो ? किन तपाईलाई जिताउने ?
गैरआवासिय नेपाली संघले स्थापनाकालदेखि नै ल्याएका मुख्य एजेन्डाहरु नै हुन् मेरा । नागरिकताको निरन्तरताको विषय नेपाल सरकारले संवोधन गरिसकेको अवस्था छ । त्यसलाई कार्यन्वयन गर्नु पर्नेछ । त्यो जिम्मेवारी हाम्रो काँधमा छ । त्यो सँगसँगै विशेष गरी मध्यपूर्व लगायत अन्य श्रमिक रहेका देशहरुमा काम गर्ने नेपालीहरुको हकहितको लागि लामो समयदेखि उठाएको सामाजिक सुरक्षा कोष लगभग नेपाल सरकारले सम्बोधन गरेको अवस्था छ । त्यसलाई पनि छिटोभन्दा छिटो कार्यन्वयनमा अगाडि बढाउनु पर्ने छ । सामाजिक सुरक्षा कोषमा सबैलाई जोड्ने हाम्रो जिम्मेवारी हो भन्ने मैले अनुभूति गरेको छु ।
यो सँगसँगै अब गैरआवासिय नेपाली संघको मुख्य एजेन्डा सुखी र समृद्ध नेपाल बनाउने नै हो । तपाई हामी तमाम डायस्परामा बस्ने नेपालीहरु छौ । श्रमिकका रुपमा काम गर्दैगर्दा सिकेको ज्ञान र सीप होस् वा अध्ययनका क्रममा विदेशमा हाँसिल गरेको दक्षता होस् अव नेपालमा लगानी गर्नुपर्छ । हामीले नेपालको सम्भाव्य क्षेत्रको पहिचान गरी गैरआवासिय नेपाली संघको अभियान मार्फत सामुहिक लगानी गरेर छिटो भन्दा छिटो हाम्रो देशलाई समृद्ध बनाउनु छ । त्यो नै मेरो मुख्य एजेन्डा हो । समृद्धसँगसँगै हाम्रो एकतालाई बलियो बनाएर गैरआवासिय नेपाली संघलाई संस्थाको रुपमा मात्रै नभएर लामो समयसम्मको अभियानको रुपमा बुलन्द बनाउँदै अगाडि बढ्नुपर्ने हाम्रो जिम्मेवारी काँधमा आएको छ । त्यसको लागि म एकदमै अगाडि बढ्नेछु ।

एनआरएनए पवित्र उदेश्य बोकेको संस्था तर विकृतिरहित एनआरएनए त बन्न सकेन नि, अझ निर्वाचनताका झन असन्तुष्टी बाहिर आउँछन् त ?
हो, हाम्रो निर्वाचनमा डेलिगेट्स सेलेक्सन नै अहिलेको असन्तुष्टिको मुख्य जड हो जस्तो लाग्छ । हामी यो अभियानमा जोडिदा निस्वार्थ भावनाका साथ जोडिने हो । बैचारिक हिसाबको लडाई गर्ने हो भने बैचारिक हिसाबका संगठनहरु छन् । एकआपसमा इगो लिएर यो सामाजिक संस्थाको पवित्र अभियानमा जुठो बनाउनुहुन्न भन्ने मेरो विचार पनि हो । यो सामाजिक अभियानमा जोडिदै गर्दा तपाई हामी एउटै मुलमन्त्रका साथ अगाडि बढ्नुपर्छ । विभिन्न क्षेत्र, वर्ग र विचार बोकेका साथीहरुको संयुक्त फ्युजन हो गैरआवासिय अभियान । आगामी दिनहरुमा यी सबैका मनलाई जोड्नु हाम्रो अपरिहार्यता हो । र, निर्वाचनको प्रकृयालाई सहज बनाउन जतिपनि पञ्जिकृत सदस्यहरु हुनुहुन्छ, अनलाइन भोटिङको व्यवस्था हुनुपर्छ । जसले जटिल परिस्थिति भोग्नु पर्दैन । समयअनुसार फरकफरक किसिमका आवश्यकताहरु हुन्छन् । आवश्यकताअनुसार सबै चिजहरुको परिमार्जन गर्नुपर्छ । जसरी परिमार्जन गरेर अघि बढ्दा संस्थालाई राम्रो हुन्छ यो अभियानले सफलता पाउँछ, यो हिसाबले सोच्न जरुरी छ । ११ औं अधिवेशनपछि सबैै समस्या हल हुन्छ ।

अन्त्यमा, तपाई उपाध्यक्ष पदको उम्मेदवार बनिरहँदा आम एनआरएनएहरुलाई के भन्न चाहानुहुन्छ ?
म सन् २००३ मा श्रमिककै रुपमा कतार गएको हुँ । ३–४ वर्ष मैले दोहामा रोजगारी गरे । त्यहाँ बसाईको क्रममा मैले धेरै कुराहरु सिक्न पाए र केही गर्न सकिन्छ भन्ने लाग्यो । श्रमिकमा गएर आज धेरैथोरै नेपालीहरुलाई रोजगारी दिन सकेको छु । मैले आफूले आफूलाई आत्मसन्तुष्टि महशुस गरेको छु ।
जुन उद्देश्यका साथ यो गैरआवासिय नेपाली संघ अभियान सुरु भएको हो । त्यो अभियान मार्फत समृद्ध नेपालको लागि केही गरौं भनेर विगत केही कार्यकालदेखि सोच बनाएको छु । तपाई हामीले सोचेअनुसारको गैरआवासिय नेपाली संघ अघि बढाउन, सुखी र समृद्ध नेपाल बनाउन र आफ्नो मातृभूमिलाई विकसित बनाउनका लागि यो अभियान मार्फत केही गर्न सकिन्छ कि भन्ने अभिप्रायका साथ आगामी ११ औं अधिवेशनमा मैले खुल्ला उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरिसकेको छु । तसर्थ सम्पुर्ण गैरआवासिय नेपाली संघमा आवद्ध, अग्रज, अभियान्ताज्युहरु, मेरा समकक्षी साथीहरु लगायत मातृभूमि नेपाललाई माया गर्नुहुने नेपालीजनहरुमा मलाई ११ औं महाधिवेशनबाट अत्याधिक मतका साथ बिजयी गराएर मैले सोचेअनुरुपको कार्यकुशलता यो अभियान मार्फत लगाएर संस्थाको लागि, अभियानको लागि र समृद्ध नेपालको लागि केही गर्न दिनुहुनेछ भन्ने हार्दिक अनुरोध गर्न चाहान्छु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो
“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 
१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ५.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ६.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.