• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
VK
Vrikuti News
आइतबार, भदौ २८, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कविता: आफ्नै माटोमा

दर्शन, राजनीतिक दर्शन  र  परिभाषा

ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

लोकप्रिय समाचार

  • १. भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

निबन्ध: “यो हर्केले गरी खाँदैन”

समय धेरै नै फेरिएको छ। फेरिएको समयसँगै बदलिएका हाम्रा
दैनिकीमा भने खासै कुनै नयाँ उत्साह छैन। किनभने हामी र हाम्रो समाजसँग अहिले खास लक्ष्य, खास आदर्श र जीवनको खास समर्पण पनि हराउँदै गए जस्तो लाग्छ। क्रमश: सम्बन्ध टुट्दै गएको छ परिवार र देशसँग। यो डिल्ली बजारको
ओरालो लक्ष्मीप्रसाद देवकोटा हिँडेको बाटो हो भनेर कसैलाई गर्व लाग्दैन। यो हरिभक्त पनि बाँचेको सडक हो भनेर कोही सम्भावना देख्दैन देशसँग। पुर्खाले बसाएको थिति र पुर्ख्यौली थलोको समृद्धि कसैलाई चाहिएको छैन अहिले। देशको गौरव र
इतिहासभन्दा पनि माथि देखिन्छ व्यक्तिको महत्वाकांक्षा र आत्मप्रशंसा। बागबजार र जुद्ध सडकका पेटीमा परदेश हिँडेका मान्छेहरूको ठेलामठेल छ। सहरका घरहरू मेनपावर कम्पनी र एजुकेसन कन्सल्टेन्सीका डिजिटल बोर्डहरूले कलरफुल देखिएका छन्। कला,साहित्य र संगीतको चुस्की र धुवामा रोमाञ्चित हुने यो पुरानो अनामनगर अहिले निरस फिक्का कालो चिया र डढेलो सल्किएको जिन्दगी जस्तो भएको छ। म सिंहदरबारको पूर्व,पश्चिम र दक्षिण गेटका सडक किनाराबाट विगत र वर्तमानको लेखा उतार्न खोज्छु। सिङ्गै देश बेरुजुमा गुजारा चलाइरहेको छ। तर पनि मन्त्रालय छिर्न लाइन लागेका योजनाका फाइलहरुलाई लाज लाग्दैन। माफियाका काखीमा च्यापिएको मेरो स्वाभिमान र आगोले जलेको सिंहदरबारको अनुहार उस्तै छ।

                     कुनै पनि खास विज्ञहरू दोहोरो कुरा गर्न रुचाउँदैनन्। सपना टुटेको ज्ञानको अनुहार लुकाएर तर्किँदै जिन्दगी धान्नु र कोरोना सकिँदा पनि बजारमा नसकिएको मास्क लगाएर खाली कोठाको विज्ञापन खोजिरहनु नियति भएको छ विज्ञहरूको। यस्तो जटिलतामा अलिकति पनि फरक नपरेको विज्ञहरूको अर्को जमात भने सक्रिय छ बजारमा। अझै पनि एक छत्र रजाई छ नेपाली राजनीतिका विज्ञहरूको। नेता भन्दा निर्लज्ज राजनीतिका विज्ञहरू माफियाको चिया,खाजामै पनि  गरीखाएको भ्रम पालेर गरी खाने र नखानेहरूको नाम लिस्ट उतारिरहेका छन्। ठूला भनिएका झोलेहरू र चिल्ला
गाडीमा बसेर विकासको सपना देख्ने हुक्के बैठकेहरूको एउटै साझा निष्कर्ष छ,  “यो हर्केले गरी खाँदैन।”

                                   चिया पारखीहरूका धेरै मुकाममध्ये एउटा मुकाम हो ‘चियासागर’। सडक किनारामा चिल्लोकार अड्याएर मेरा परिचित ‘क’ श्रेणीका ठेकेदार मित्र मड्का चियाको स्वादमा देशको राजनीतिक विमर्शमा उतारु हुँदै भन्छन्: “किरण सर यो हर्केले गरी खाँदैन।”
म बोल्न नपाउँदै फेरि सोध्छन् :

“कि कस्तो लाग्छ तपाईँलाई हर्के?”
म बेरुचिपूर्वक उनीसँग चिया पिउने बाध्यात्मक अप्ठ्यारोमा
परेको छु। मैले भने: ‘मलाई त ठिकै लाग्छ हर्के।’
उनले फेरि भने: “हेर्नुस् तर यो हर्केले गरी खाँदैन।”
मैले भने: किन खाँदैन ?
उनले भने: “हर्के जातीय कुरा गर्छ, मान्छेलाई ढुङ्गा बोकाएर बेकुफ बनाउँछ,स्टाटस लेख्छ, पतरपतर बोल्छ। संस्कार बिनाको छ। हेर्नुस् त ! हर्केको शैली कस्तो छ ? तपाईलाई ठिकै लाग्छ होला तर मलाई त यो हर्के फिटिकै मन पर्दैन।” उनको यस्तो प्रतिक्रिया देखेर मलाई खासै अनौठो लागेन। किनभने ठेकेदारलाई हर्क मन नपर्नु स्वभाविक हो। तर आश्चर्य चाहिँ यस कुरामा लाग्यो कि मान्छेको मस्तिष्क, मान्छेप्रति यति धेरै नकारात्मक किन हुन्छ होला?

के हर्केले गरी खान उसलाई मन पर्ने नै भइदिनुपर्ने हो र ?

के श्रम गर्दा मान्छे बेकुफ हुन्छ?

अनि संस्कार नाप्ने औजार फेसबुक स्टाटस हो ?

के जातीय कुरा र जातीय युद्ध एउटै हो ?

हर्कलाई हेर्ने र बुझ्ने मेरो आफ्नै दृष्टिकोण छ । मलाई उसको
बाटो र शैली ठिक लाग्न पनि सक्छ र नलाग्न पनि सक्छ। तर मलाई हर्क मन पर्नु र नपर्नुले के अर्थ राख्छ, उसको सामाजिक राजनीतिक र वैचारिक यात्रामा ?
अनि मलाई मन नपरेकै आधारमा “हर्केले गरी खाँदैन” भन्न मिल्छर ? तर सुकिलाहरूको निष्कर्ष छ। “हर्केले गरी खाँदैन।

                                      हो! उनीहरूले ठिकै भनेका हुन् हर्क साम्पाङले वास्तवमै उनीहरूले भनेजस्तो गरी खाँदैन। किनकि गरी खान त भ्रष्टाचार गर्नुपर्छ, कमिसन खानुपर्छ, पतर-पतर सत्य बोल्नु हुँदैन, मीठा मिठा झुट बोल्नुपर्छ र जनतालाई अर्को चुनावसम्मका लागि सपनाको अत्तर छर्किनु पर्छ। हर्कले त
उल्टो बाटो रोजेका छन्।

“ढुङ्गा बोकेर विकास हुन्छ ?” हर्क खुइल्याउने मिठो प्रश्न हो यो। शास्त्रीय राजनीतिज्ञहरू भन्छन्। “विकास त मन्त्रालयको फाइलमा हुन्छ” तर यो हर्के कस्तो मूर्ख आफै ढुंगा बोक्न निस्कन्छ। एउटा मेयरले कोदालो चलाएको देख्दा हाम्रा
टाईसुटधारी नेताहरुलाई ज्वरो आउनु स्वभाविक हो। किनकि हर्कले साबित गरिदिए कि विकास भनेको ‘बजेट फ्रिज गर्ने’ खेल होइन,श्रमदानको उत्सव पनि हो। कोकाको पानी धरान ल्याउँदा उनले इन्जिनियरिङको डिग्री देखाएनन् बरु धराने
जनताको दुःखमा आफूलाई समर्पित गरेर इच्छाशक्तिको धारा बगाए। राजनीतिमा गरी खान त झोले कार्यकर्ताको फौज चाहिन्छ। एउटा काम गर्दा १० ठाउँमा भागबण्डा मिलाउनुपर्छ।
तर हर्कलाई कसैको एसम्यान बन्नु छैन। उनले त साधारण जनतालाई नै आफ्नो हाई कमाण्ड बनाइदिए। अब भन्नुस् एउटा मेयरले कसैको चाकडी नगरी काम गर्छ भने हाम्रो परम्परागत
राजनीतिको साख कहाँ रहन्छ ? त्यसैले त भनिएको होला “यो हर्केले गरी खाँदैन। यसले त अरुलाई पनि गरी खान दिँदैन।”

लोकतन्त्रमा सूचनाको हक भनिन्छ तर हर्कले त अति नै गरे। कुन ढुङ्गा कहाँबाट आयो ? कुन पैसा कसले दियो ? सबै कुरा
फेसबुक लाइभमै! यस्तो पारदर्शी भएर कतै राजनीति चल्छ ? अलिकति त गुपचुप हुनुपर्छ नि नत्र भोलि चुनाव कसरी जित्ने ? उनको यो पारदर्शिताले गर्दा अरु ठालुहरुलाई ऐना हेर्न गाह्रो भएको छ। सबैले भ्यु टावर बनाउन बजेट छुट्याउँछन् तर यो मान्छे डाँडाभरि बिरुवा रोप्दै हिँड्छ। बिरुवा त २० वर्षपछि ठूलो होला। त्यतिन्जेल त अर्को पाँचवटा चुनाव भइसक्छ। तुरुन्तै कमिसन आउने संरचना छाडेर माटो र पानीसँग खेल्ने मान्छेलाई कसरी सफल मान्ने ? वास्तवमा हर्क साम्पाङले गरी खान नजानेकै हुन् । उनले त दुनियालाई बनाई खान सिकाउँदै छन्। उनले श्रमको सम्मान गर्न सिकाए। मेयर
भनेको शासक होइन सेवक हो भन्ने बिर्सिएको परिभाषा सम्झाए। जसले देश लुट्ने धन्दालाई राजनीति सम्झन्छन् उनीहरुका लागि हर्क साम्पाङ सधैँ ‘बहुला’ नै रहनेछन्।
तर जो नेपाली धुलो र पानीसँग जोडिन्छन् उनीहरुका लागि हर्क एउटा आशाको प्रतिक हुन । यदि देशका सबै हर्केहरुले यसरी नै ‘गरीखान’ छाडेर ‘गर्न’ थाल्ने हो भने यो देश
बन्न धेरै समय लाग्दैन त्यसैले “यो हर्केले साँच्चै गरी खाँदैन” तर यसले देश चाहिँ बनाउन सक्छ।

  • #ज्योतिकिरण #हर्क साम्पाङ#भृकुटी न्यूज #काठमाडौं#साहित्य#निबन्ध
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

धेरै पढिएको

  • १.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ४.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • ५.
    अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

  • ६.
    एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.