• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
VK
Vrikuti News
शनिबार, साउन ०९, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

नेपाली कांग्रेस : नेतृत्वको दूरदर्शिता र देउवाको हठबीच अल्झिएको इतिहास

नेपाली राजनीतिको इतिहासमा नेपाली कांग्रेस केवल एउटा पार्टी मात्र होइन, लोकतन्त्रको चेतनालाई बोक्ने एउटा ऐतिहासिक संस्था हो। राणा शासनविरुद्धको संघर्षदेखि लिएर पञ्चायती निरंकुशताका विरुद्ध जनताको आवाज बन्ने यात्रासम्म, आधुनिक नेपालको हरेक निर्णायक राजनीतिक मोडमा कांग्रेसको भूमिका अग्रणी रहँदै आएको छ। यही कारणले कांग्रेसको आन्तरिक संकट केवल संगठनात्मक समस्या होइन, यो राष्ट्रिय लोकतान्त्रिक यात्रासँग प्रत्यक्ष गाँसिएको विषय हो। आज कांग्रेसभित्र देखिएको गम्भीर संकट भनेको विचार वा सिद्धान्तको अभाव होइन, नेतृत्वको संकट, अझ स्पष्ट शब्दमा भन्नुपर्दा—पुस्तान्तरणको अवरुद्ध प्रक्रिया हो। यस संकटको केन्द्रमा छन्, पार्टी सभापति शेरबहादुर देउवा।

देउवाको उदय : दूरदर्शी नेतृत्वको उपज, निर्विकल्प प्रतिभाको होइन

शेरबहादुर देउवाको उदय नेपाली कांग्रेसको इतिहासमा एक रोचक, तर गम्भीर विश्लेषण माग्ने अध्याय हो। उनी बीपी कोइरालाको राजनीतिक दृष्टिमा स्वीकृत पात्र थिए। त्यस समय सुदूर पश्चिम कांग्रेसका लागि जनाधार भएको तर नेतृत्वको दृष्टिले कमजोर क्षेत्र थियो। यस क्षेत्रका केही प्रभावशाली नेताहरू—जस्तै शिवराज पन्त—पञ्चायती व्यवस्थातिर मोडिएका थिए, लोकेन्द्रबहादुर शाह जस्ता नेता वृद्धावस्थाका कारण सक्रिय राजनीतिबाट टाढिँदै गएका थिए, र एनडी प्रकाश चटौत जस्ता प्रतिभाशाली नेताको अकालमै निधन भइसकेको थियो।

यही रिक्ततामा, जेलजीवन बिताइरहेका कृष्णप्रसाद भट्टराईले देउवालाई पहिचान गरे। भारत प्रवासमा रहेका बीपी कोइराला र सुवर्ण शम्सेरको स्वीकृति पनि उनलाई प्राप्त भयो। देउवा विद्यार्थी नेता थिए, तर उनीमा त्यतिबेला कुनै विलक्षण राजनीतिक प्रतिभा देखिएको थिएन। उनी निर्विकल्प थिएनन्, उनी प्रतिस्पर्धारहित थिएनन्।

त्यसबेला विद्यार्थी राजनीतिमा र पार्टीभित्र बलियो पहिचान बनाइसकेका बिपीन कोइराला, अर्जुननरसिंह केसी, शिवबहादुर खड्का, मच्छेन्द्र पाठक, देवेन्द्रलाल नेपाली, रामचन्द्र पौडेल, रामशरण महत, टीका पोखरेल जस्ता नेता थिए। त्यसमाथि, दमननाथ ढुंगाना, हरिबोल भट्टराई, शंकर घिमिरे, प्रदीप गिरी, शैलजा आचार्य जस्ता दिग्गजहरू जेल वा प्रवासमा थिए।

यति धेरै विकल्प हुँदाहुँदै पनि देउवाको चयन हुनुको कारण थियो—दूरदर्शी सोच। “साधारण नेता आफ्नो पुस्ताका लागि सोच्छ, राजनेता भावी पुस्ताका लागि।” देउवा त्यही भावी पुस्ताको सम्भावनाका रूपमा अगाडि सारिएका थिए।

नेतृत्वको उद्देश्य र देउवाको रूपान्तरण

नेतृत्व कुनै व्यक्तिको स्थायी सम्पत्ति होइन; यो एउटा मिशन हो—संघर्षलाई अगाडि बढाउने, संगठनलाई सुदृढ गर्ने र नयाँ पुस्तालाई तयार पार्ने। यही भावनाले बीपी कोइरालाले जनमत संग्रहको अभियानमा भनेका थिए—“शेरे, सुदूर पश्चिमाञ्चल शेरबहादुर देउवा।” त्यो सम्बोधन व्यक्तिगत प्रशंसा थिएन, क्षेत्रीय नेतृत्व विकासको राजनीतिक संकेत थियो।

त्यसबेला कांग्रेसमा गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, परशुनारायण चौधरी, राधाकृष्ण थारू, सिके प्रसाई, जगन्नाथ आचार्य, बेनीबहादुर कार्की, वासुदेव रिसाल, शेख इद्रिस, मार्शल जुलुम शाक्य जस्ता अनगिन्ती नेता थिए। त्यसै पनि देउवाको उदय सम्भव भयो, किनकि कांग्रेसले नयाँ नेतृत्व जन्माउने साहस राख्थ्यो।

तर विडम्बना यहीँबाट सुरु हुन्छ। जुन सुदूर पश्चिमका लागि देउवालाई अगाडि सारियो, त्यही सुदूर पश्चिमका कयौँ प्रतिभावान नेता देउवाकै कोपभाजन बने। तारिणीदत्त चटौत, विनयध्वज चन्द, सुरेन्द्र बहादुर चन्द, सुनिल भण्डारी, रामजनम चौधरी, पुष्कर ओझा, ज्ञानराज पाठक, हिरादत्त भट्ट, कर्ण मल्ल, केशवसिंह बुढा, मानबहादुर रावल, जनकराज गिरी, रामबहादुर बिष्ट, बलबहादुर कुँवर, जगदिश पाल, डा. सुरेश मल्ल—यी सबै नामहरू केवल व्यक्तिहरू होइनन्, दबाइएका सम्भावनाहरू हुन्।

संसदीय दलदेखि प्रधानमन्त्रीसम्म : बनाइएका नेता

वि.सं. ०५१ पछि देउवा संसदीय दलका नेता निर्वाचित होइन, बनाइएका थिए। त्यसबेला संख्यात्मक आधारमा खुमबहादुर खड्का सबल दाबेदार थिए। दलको सर्वसम्मत अपेक्षा भने शैलजा आचार्यको थियो। तर अन्ततः गिरिजाप्रसाद कोइरालाको दबाबले निर्णय मोडियो। यही क्षणबाट देउवाको प्रधानमन्त्री यात्रा सुरु भयो—र यहीँबाट कांग्रेसको दीर्घकालीन संकटको बीउ रोपियो।

देउवाको नेतृत्व : उपलब्धि भन्दा भारी सीमाहरू

देउवा पटक–पटक प्रधानमन्त्री बने, तर प्रश्न उठ्छ—उनले पार्टीलाई कुन दिशातर्फ लगे? उनी स्वयं पुस्तान्तरणको उपज थिए, तर उनले पुस्तान्तरणलाई नै अवरुद्ध गरे। चौधौं महाधिवेशनदेखि निरन्तर देखिएको उनको हठले पार्टीको आन्तरिक लोकतन्त्रलाई क्षीण बनाएको छ। शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा जस्ता नेताहरू सीमित गरिनु केवल व्यक्तिगत प्रतिस्पर्धा होइन, यो कांग्रेसको भविष्यसँग गरिएको अन्याय हो।

राजनेता हुने अन्तिम अवसर गुम्यो

देउवाको हठले कांग्रेस कमजोर भयो, विभाजित भयो, र राष्ट्रिय राजनीतिमा उसको प्रभाव सिमित भयो। यो केवल राजनीतिक भूल होइन, ऐतिहासिक विफलता हो। ढिलो भयो, बिनाश नै भैसक्यो, तर अझैं यदि देउवाले आफ्नो उदयको इतिहास सम्झिएर नयाँ पुस्तालाई मार्ग प्रशस्त गरे भने, उनले आफूलाई राजनेताको रूपमा प्रमाणित गर्न सक्छन्।
कांग्रेसको जीवन्तता बिना नेपालको लोकतन्त्र अधुरो छ। र कांग्रेसको जीवन्तता पुस्तान्तरण बिना सम्भव छैन। यही नै इतिहासको माग हो—र यही नै देउवामाथिको कठोर, तर न्यायोचित प्रश्न हो।

  • #जयप्रकाश आनन्द#भृकुटी न्यूज#नेपाली काँग्रेस#काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ५.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ६.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.