मैनालीको गजल र पेलाको गायकीले जुरुक्कै जुर्मुरायो साङ्गीतिक बजार

0

३ माघ,काठमाडौ,डा.प्रदीप कुमार मैनालीको गजल र तिलक सिंह पेलाको स्वरले नेपाली गजल सङ्गीत र साहित्यमा नयाँ जागरण दिन सफल भएको छ । “के लत बस्यो मलाई….” गजल अहिले भाइरल बनेको छ । सत्र वर्षको कलिलो  उमेरमै गीति एल्वम “आँसु ” निकालेर चर्चा बटुल्न सफल गायक सङ्गीतकार पेला त्यसपछि  शास्त्रीय  सङ्गीतको अध्ययनमा करिब सत्र वर्षनै साधनामा व्यस्त भएर  झन्डै गुमनाम जस्तै बनेका थिए । लामो समयपछि पेला अहिले सशक्त  उपस्थिति जनाउँदै गजलमार्फत जनजनको दिल दिमागमा पुगेका छन् ।   निरन्तर साहित्यमा कलम चलाउँदै आएका डा.मैनालीको गजल “के लत बस्यो मलाई …. अहिलेसम्म टिक टक,फेसबुक र युट्युव लगायत सोसल साइटहरुमा ४ दिनमा  १० लाखभन्दा बढी पटक हेरिएको र सुनिएको छ । पछिल्लो समय सुस्ताएको साङ्गीतिक बजार मैनालीको गजल र पेलाको गायकीसँगै जुरुक्कै जुर्मुराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here