मलेखु आँउदैछु भेटौं भनेका प्रचण्डलाई गाँउपालिका अध्यक्षको जवाफ पार्टी चाहीं छाडीसकें , माछा खाने भए भोली आउनुस

0

काठमाण्डौ – नेकपा माओवादी केन्द्रबाट निर्वाचित धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सोमवार दिँदसो ओली निवाश बालकोटमा पुगी डल्लाकोटी एमालेमा प्रवेश गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीबाट निर्वाचित डल्लाकोटीलाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टी प्रवेश गराएका थिए । एमाले प्रवेश गर्न डल्लाकोटी बालकोट पुगेकै बेला उनलाई माओवादी अध्यक्ष प्रचण्डले फोन गरेका थिए ।

प्रचण्डले डल्लाकोटीलाई आफू मलेखु आउन लागेको र सँगै बसेर माछा खाने कुरा गरेका थिए । तर अध्यक्ष डल्लाकोटीले माछा खुवाउने तर अब राजनीतिक रूपमा भने आफुले अलग बाटो तय गरेको बताएपछि प्रचण्डले त्यसो नगर्न आग्रह गरेका थिए ।

त्यसपछी प्रचण्डले भने( किन त्यसो गर्नुभएको रु अलिकति सल्लाह पनि नगरी यस्तो निर्णय त गर्न नहुने । पख्नुहोस् बसेर सल्लाह गरौं । उता प्रचण्डको आग्रहपछी डल्लाकोटीले भने अब आफु एमाले प्रवेश गरेको भन्दै प्रचण्डसँगको संवादलाई टुंग्याएका थिए ।

एमाले प्रवेश गरेका डल्लाकोटी धादिङका १२ स्थानीय तहमध्ये माओवादीले जितेको एकमात्र पालिका प्रमुख थिए । माओवादीका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका डल्लाकोटीको एमाले प्रवेशलाई धादिङमा आश्चर्यजनकरूपमा हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here