• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

“महाशिवरात्रिमा पाल्नुहुने सबै तीर्थालु र भक्तजनले सहज दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ” – डा.मिलन कुमार थापा

महाशिवरात्रि पर्व मनाउनका लागि आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बृद्धि भएको छ। एक दशकयताकै सर्वाधित भक्तजन आउने अपेक्षाका साथ पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण व्यवस्थापन कार्य पनि उच्च प्राथमिकताका साथ गरेको छ। जनवरीमा ‘पशुपति दर्शन अभियान’मार्फत भारतमा धार्मिक अभियन्ता, राजनीतिक दल, व्यवसायी र सामाजिक अभियन्तासँग प्रत्यक्ष संवाद गरेर फर्किएपछि महाशिवरात्रिको तयारीमा जुटेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासँग यही सन्दर्भमा गरिएको अन्तरवार्ताः

–सदस्य सचिव ज्यू, महाशिवरात्रि पर्वमा दर्शनार्थीको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ?

–महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेज्यूको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको छ। मन्त्रीज्यूको निर्देशन र प्रत्यक्ष उपस्थितिमा कोषको सम्पूर्ण टोलीले काम गरिरहेको छ। ९ वटा विषयगत उप–समिति गठन गरिएको छ। उपसमितिबाट जिम्मेवारीअनुसार काम अघि बढाइएको छ। व्यवस्थापकीय पक्षलाई उच्च प्राथमिकता र दर्शनार्थी भक्तजनलाई सहज बनाउन सम्पूर्ण ध्यान केन्द्रित गरेका छौँ। यसपटक महाशिवरात्रि पर्व उल्लासमय वातावरणमा मनाइँदैछ।

–भक्तजनलाई सहज बनाउन पशुपतिनाथ मन्दिरमा पूजाआजाको प्रबन्ध कसरी गरिएको छ?

–नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मारसहित विश्वमा धेरै देशबाट भक्तजनको उपस्थिति भइरहेको छ। व्यवस्थित रुपमा पूजाआजा र दर्शनको व्यवस्था गर्नका लागि बुधबार बिहान २ बजे पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय भएको छ। कोषको प्राथमिकता भक्तजनको सुबिधा र सहजता हो। दर्शनार्थी, साधुसन्त एवं भक्तजनको संख्या बृद्धि भएको हुनाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्ने र भगवानको दर्शन गर्न लामो समय प्रतिक्षा गर्न नपर्ने गरी व्यवस्थापन गरिएको छ।

–सुरक्षाको प्रबन्ध कसरी गरिएको छ?

–सुरक्षा व्यवस्था पनि प्रभावकारी बनाइएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आफ्नो सुरक्षा टोली रहेको छ। दर्शनार्थीको सुरक्षामा विशेष ध्यान दिइएको छ। साधुसन्त, महन्थ र भक्तजनको सुरक्षा गर्दै अनुगमन गर्ने प्रबन्ध गरिएको छ।

–सुरक्षा निकायसँगै अरु सामाजिक संस्थाको परिचालन कसरी गरिएको छ?

सामाजिक एवं धार्मिक संघसंस्था परिचालन गरिएको छ। कालिका साधना संघ, नेपाल रेडक्रस, स्काउट, लायन्स क्लब र धार्मिक संघसंगठनका तर्फबाट स्वयंसेवक खटाइएको छ।

–स्वास्थ्यको प्रबन्ध के छ?

–स्वास्थ्य सेवाको उचित व्यवस्था र समन्वय गरिएको छ। अस्पतालमा शैया बुक गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै विभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मी, औषधी र एम्बुलेन्स तयार अवस्थामा राखिएको छ।

–साधुसन्तको व्यवस्थापन, खानपिन आदिको व्यवस्थापन कसरी गरिएको छ?

–साधुसन्तको व्यवस्थापन मन्दिर परिसरमा गरिएको छ। मन्दिर परिसरस्थित धर्मशालामा बस्ने व्यवस्था गरिएको छ। तिलगंगासँगै हंशमण्डप, वनकालीसहितका क्षेत्रमा निःशुल्क आवास, भोजन आदिको व्यवस्थापन गरिएको छ। भगवान पशुपतिनाथको दर्शन, चन्दन वितरणसहित दर्शनार्थीको सम्पूर्ण सेवालाई व्यवस्थित गर्नेगरी महाशिवरात्रि पर्व मनाउने तयारी गरिएको छ। महाशिवरात्रि पर्वलाई विशेष बनाउनका लागि मन्दिर परिसरलाई आकर्षक रुपमा सिँगारिएको छ। महाशिवरात्रि पर्वलाई व्यवस्थित र भव्य बनाउन मन्त्रीज्यूसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय राज्यमन्त्री अरुणकुमार चौधरीको पनि सदासयता प्राप्त भएको छ। दर्शनार्थीलाई छिटोछरितो रुपमा दर्शन गराउनका लागि मूल भट्टजीसहित पाँच जना भट्टजीहरू, भण्डारीहरू, कोषका कर्मचारी, परिषद् सदस्यहरू अरोरात्र खटिनुभएको छ। महाशिवरात्रि पर्वमा आउने दर्शनार्थीले अत्यन्तै उल्लास र भव्यता महसुस गर्नुहुनेछ। कोष सम्पन्न ध्यान दर्शनार्थीको सेवामा केन्द्रित छ। धार्मिक पर्यटन प्रवद्र्धन गरी आर्थिक रुपमा समुन्नत र समृद्ध देश बनाउन मैले व्यक्तिगत र संस्थागत रुपमा पहल गरेको छु। भगवान पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीलाई फेरि पनि आउने गरी आकर्षित गर्न हामी प्रयत्नरत छौँ।

  • #पशुपतिनाथ मन्दिर#महाशिवरात्री#डा. मिलनकुमार थापा#भृकुटी न्युज #काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ५.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ६.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.