• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
VK
Vrikuti News
शनिबार, साउन ०९, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

कविता: रात बोकेर पिठ्युँमा

यी दिनहरू यति उल्लासका दिनहरू
– अन्तिम दिनजस्ता लाग्दैछन्
यो रात,
उदास रातहरूको सुरुवात जस्तो लाग्दैछ

बिगत फर्केर हेर्दा-
दु:खको दबदबे हिलोमा टेकेको पाइलाको डोब देखिन्छ
अहिले पछारिएको ठाउँमा पनि हिलो बाहेक केही छैन
कमल फुल्छ हिलोमा
तर,
अहिले रोपिएको बीउ कमलको त हुन पर्यो
आगत बनमारा बनेर फुल्छ भन्नु मात्र पछुताउनु हो

रगत जमेर बनेको सिंहासनमा
हड्डीहरू जोडेर बनाइएका खुट्टाहरू छन्
यी हाड जो आन्दोलनको बिचमा ढले
अहिले उभ्याएका छन्- सत्ताको कुर्सी
यो गद्दा जहाँ शासक नरम अनुभुती गरिरहेछ
त्यो हो मासुको थुप्रो
आन्दोलन तुहियो भने
– आमालाई गार्हो हुन्छ
– गानिन्छन् आमाका स्तन

बिचार मथेर सिद्धान्त बनाउन
ठेकी अर्कैको, मदानी अर्कैको,
र त्यो छिमेकी
जसले तिम्रो गोठमा एक मुठा घाँस हालेन
नदेउ नेती उसको जिम्मामा
उसलाई त महि दिने हो कहिलेकाहीँ
एक दुई सर्का लगाएको भरमा
नौनी नै मेरो हो भन्दिनेछ उसले
बिलौनीको सम्झौता गरेर नौनी नदिनु

सुखको अन्त्य- दु:खको सुरुवात जस्तो
शान्तिको हत्या- भयको जन्म जस्तो
बिकासको छातीमा- बिनासले झन्डा गाडेको जस्तो
– आँखाले नदेखेको
– कानले नसुनेको
– मुखले नबोलेको
टाउको मात्र हल्लिएर- अँ अँ हो हो भनिरहेको …….

लामा लामा रातहरू आफ्नो बर्चस्व देखाउन
दिनहरूको ताकत आफ्नो ढाड पछाडि लुकाएर
यो के गर्दैछन् ?
यो किन गर्दैछन् ?
को हो त्यो मौन शालिकजस्तो ?

बच्चाले टिभीभित्र मान्छे छ भनेजस्तो
भनिरहेछन् यो देशका मान्छेहरू
– यो देशभित्र सरकार छ
यो भ्रम चिरेर यथार्थ बताउने को छ ?
कि यो दुर कतै बसेको शासकको छायाँ हो …

यी शिशिरका लामा लामा रात
लाटोकोसेरो भएर भर्नु छ- एउटा उडान
पत्ता लगाउनुछ-
कहाँ बसेका छन्
दिन सक्ने योजना बनाइरहेकाहरू………?

  • #कविता#प्रज्वल अधिकारी#नेपाली साहित्य
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.