राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

0

चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित टोलीलाई स्वागत गरिएको थियो ।स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएको बताए । तर, खेल भने राम्रो भएको उनको भनाइ छ ।


क्वार्टरफाइनलमा भारतसँग पराजित भएको विषयमा उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here