भाद्र १६, भृकुटी न्यूज, काठमाडौँ, नेपालका कतिपय भू-भागमा प्राकृतिक प्रकोपको जोखिम उच्च रहेको र शहरहरूमा स्थानीय स्तरका प्रदर्शनहरू हुनसक्ने भन्दै अमेरिकी सरकारले आफ्ना नागरिकहरूलाई सतर्कता अपनाउन रसुवाका केही क्षेत्रमा यात्रा नगर्न ‘यात्रा परामर्श’ (Travel Advisory) जारी गरेको छ।
अमेरिकी विदेश मन्त्रालयद्वारा जारी परामर्श अनुसार, हालैको बाढी-पहिरोका कारण भौतिक क्षति भएको, यातायात तथा सञ्चार सेवा अवरुद्ध बनेको र उद्धार कार्य जारी रहेकाले रसुवा जिल्लाको रसुवागढी-टिमुरे-स्याफ्रूबेसी क्षेत्र र नेपाल-चीन सीमा नाकामा कुनै पनि प्रयोजनका लागि यात्रा नगर्न आग्रह गरिएको छ। सो क्षेत्रमा अझै पनि थप बाढी र पहिरोको जोखिम कायमै रहेको जनाइएको छ।
यसैगरी, सम्भावित नागरिक अशान्तिका कारण नेपालभर अतिरिक्त सावधानी अपनाउन अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको छ । नेपालमा राजनीतिक स्थिति अहिले शान्तिपूर्ण रहे पनि बिना सूचना जुनसुकै बेला शान्ति सुरक्षाको स्थिति बिग्रन सक्ने कुरालाई ध्यानमा राख्न आफ्ना नागरिकलाई सचेत गराएको छ ।
अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह
अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु