• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
VK
Vrikuti News
आइतबार, भदौ २८, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कविता: आफ्नै माटोमा

दर्शन, राजनीतिक दर्शन  र  परिभाषा

ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

लोकप्रिय समाचार

  • १. भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक
लेखक : अभागी थेगुवा
पुस्तक : सपनाहरूको बही
विधा: कविता
प्रकाशक: स्रष्टा पब्लिकेशन
पृष्ठ सङ्ख्या: १२६
मूल्य: ४५० ( हार्ड कभर )
आईएसबीएन: 9789937188197

 

स्रष्टाको संक्षिप्त परिचय:
नेपाली साहित्यको समकालीन धारामा आफ्ना ओजिला र सुगठित रचनामार्फत पृथक् पहिचान बनाउन सफल प्रतिभाशाली स्रष्टा हुनुहुन्छ— अभागी थेगुवा (मनबहादुर लिम्बू)। वि.सं. २०३० साल पुस १० गते पूर्वको पहाडी जिल्ला तेह्रथुमको उम्फुवामा पिता दुर्गबहादुर लिम्बू र माता दुर्गामाया लिम्बूका सुपुत्रका रूपमा उहाँको जन्म भएको हो। स्थायी रूपमा कमल–३, झापा निवासी उहाँ हाल अर्जुनधारा–११, झापालाई आफ्नो कर्मथलो बनाई साहित्यिक र शैक्षिक यात्रामा निरन्तर क्रियाशील हुनुहुन्छ।
शिक्षामा स्नातक तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका थेगुवा पेसाले शिक्षण कर्ममा आबद्ध हुनुहुन्छ। अर्जुनधारा–११ स्थित महारानीगञ्ज माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा उहाँले शैक्षिक नेतृत्व प्रदान गर्दै समाजलाई ज्ञानको उज्यालो बाँडिरहनुभएको छ।
वि.सं. २०४७ सालमा मुक्तक प्रकाशनमार्फत साहित्यिक यात्राको औपचारिक श्रीगणेश गर्नुभएका थेगुवाले कविता र गजलका विविध आयामहरूमा आफ्नो सशक्त उपस्थिति जनाउनुभएको छ। उहाँका प्रकाशित कृतिहरूमा ‘सप्तकोशीको किनारबाट’ (संयुक्त गजल सङ्ग्रह, २०५४), ‘बुद्धले अस्त्र…’ (कविता सङ्ग्रह, २०५८), ‘हर्के, म अनि युद्ध’ (गजलकाव्य, २०६७) र ‘सपनाहरूको बहि’ (कविता सङ्ग्रह, २०८१) रहेका छन्। उहाँका रचनाहरूमा समाजको यथार्थ, युगिन चेतना र मानवीय संवेदनाको सूक्ष्म अभिव्यक्ति पाइन्छ।
सिर्जनात्मक लेखनका साथै उहाँले सम्पादनका माध्यमबाट पनि नेपाली साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ। उहाँले धरानबाट प्रकाशित हुने साहित्यिक दैमासिक ‘गुम्बज’ (२०५४), झापाबाट प्रकाशित साहित्यिक मासिक ‘त्रिवेणी’ (२०५७) र समसामयिक साहित्यिक पत्रिका ‘नवरङ्ग’ (अङ्क १ र २, २०५८) को कुशल सम्पादन गर्नुभएको छ।
शिक्षा र साहित्यको क्षेत्रमा पुर्‍याउनुभएको विशिष्ट योगदानको कदर गर्दै उहाँ विभिन्न ८/९ भन्दा बढी सङ्घसंस्थाबाट सम्मानित तथा प्रशंसित भइसक्नुभएको छ।

 

शिक्षणजस्तो पवित्र पेसा र साहित्यजस्तो गहन साधनालाई सँगसँगै अघि बढाइरहनुभएका अभागी थेगुवा नेपाली साहित्य आकाशका एक समर्पित र आदरणीय व्यक्तित्व हुनुहुन्छ यस्ता मुर्धन्य स्रष्टा कवि, साहित्यकार अभागी थेगुवाका आगामी सिर्जनाहरूले नेपाली साहित्यलाई अझ उच्च शिखरमा पुर्‍याउन सकोस भन्ने शुभकामना सहित “भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक” श्रृङ्खलामा उहाँको कविता संग्रह ‘ सपनाहरूको बही ’ समावेश गरेका छौँ । स्रष्टा थेगुवाको सुस्वास्थ्य र दीर्घ जीवनको कामना सहित निरन्तर साहित्यिक यात्राको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।

भृकुटी न्यूज
साहित्य,कला विभाग 
काठमाडौँ । 

  • #नेपाली साहित्य#कविता#अभागी थेगुवा#भृकुटी न्यूज#काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता
भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

धेरै पढिएको

  • १.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ४.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • ५.
    अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

  • ६.
    एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.