• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
मङ्गलबार, असोज ०६, २०८३
मङ्गलबार, असोज ०६, २०८३
VK
Vrikuti News
मङ्गलबार, असोज ०६, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कविता: आफ्नै माटोमा

लोकप्रिय समाचार

  • १. काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • २. बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

६ असोज,काठमाडौँ। नेपाल-बङ्गलादेश मैत्री सङ्घ (Nepal Bangladesh Friendship Association) र पिपुल सार्क लिङ्क फोरम, (People SAARC Link Forum ) को संयुक्त आयोजनामा सम्पन्न बङ्गलादेशका उच्च पदस्थ अधिकारी र नेपालका प्रबुद्ध वर्गहरूको  एक विशेष समारोहका बिच ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६’ प्रदान गरिएको छ । पर्यटन प्रवर्द्धनतर्फ बङ्गलादेशका प्रसिद्ध उद्योगपति रबिउल इस्लाम र साहित्य तथा पत्रकारिता तर्फ नेपालका साहित्यकार एवं पत्रकार  ज्योतिकिरणलाई उक्त प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो ।
​पुरस्कृत व्यक्तित्व बङ्गलादेशका ख्यातिप्राप्त उद्योगपति एवं सामाजिक अभियान्ता रबिउल इस्लाम ‘आरआर ग्रुप’ (RR Group) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ। उहाँले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो।
​त्यस्तै, साहित्य र पत्रकारितामा पुर्‍याएको विशिष्ट योगदानका लागि नेपाली साहित्यकार ज्योतिकिरणलाई उक्त अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित गरिएको हो । ताप्लेजुङ जिल्लाको साब्लाखु-५, आलेटारमा जन्मनुभएका ज्योतिकिरण विगत २५ वर्षदेखि निरन्तर नेपाली साहित्य क्षेत्रमा क्रियाशील हुनुहुन्छ।  आख्यान तथा गैर-आख्यान लेखनमा सक्रिय उहाँ। गीत, गजल, कविता, निबन्ध र नाटकजस्ता विविध विधाहरूमा कलम चलाउँदै आउनुभएको छ ।  उहाँका ‘नेपाली राजनीति र विचार रक्षाको प्रश्न’ तथा ‘विद्रोहको दर्शन र काव्य सत्ता’ जस्ता राजनीति र साहित्यसँग सम्बन्धित  वैचारिक र दार्शनिक पुस्तकहरू प्रकाशित छन्। उहाँ विगत एक दशकदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आबद्ध रहेर पत्रकारिता क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ।
प्रतिनिधि सभा सदस्य आशा झाको प्रमुख आतिथ्य तथा हरिबहादुर बिसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन नेपालका तर्फबाट दिनदया रिजाल  र बङ्गलादेशका तर्फबाट मो. रबिवल होसेन रबिले  गर्नुभएको थियो।
​समारोहमा वरिष्ठ चिकित्सक एवं साहित्यकार डा. भोला रिजाल, इतिहासकार तथा राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी, ढाका मेडिकल कलेज र अस्पतालका (फिजियोलोजी) पूर्व विभाग प्रमुख प्रोफेसर डा. रुहुल अमिन, बङ्गलादेश राष्ट्रिवादी कृषक दल केन्द्रीय समितिका सहायक महासचिव एड्भोकेट मो. रबिवल होसेन रबि, बङ्गलादेश कोअपरेटिभ इन्स्योरेन्स कम्पनीका प्रबन्ध निर्देशक मो. नुर ए आलम सिद्दिकी, बङ्गलादेशका वरिष्ठ पत्रकार मो. शमसुद्दोहा प्रिन्स, र पत्रकार तथा सहकारी अभियान्ता मो. अतिकुर रहमान लगायतले प्रमुख वक्ताका रूपमा आफ्ना धारणा राख्नुभएको थियो।
​सो अवसरमा बङ्गलादेशका स्वतन्त्रता सेनानी एस.एम. नुरुल इस्लाम, एमडी. मिन्हाज महमुद, एमडी. सेलिम रेजा तथा मार्टिनेट आउटसोर्सिङ ढाकाका प्रबन्ध निर्देशक लायन इन्जिनियर काजी मोनिरुल इस्लाम लगायत बङ्गलादेशी अधिकारीहरू र नेपालका प्रबुद्ध समूहको विशेष उपस्थिति रहेको थियो।

  • #नेपाल बङ्गलादेश#accelency award# भृकुटी news#काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

धेरै पढिएको

  • १.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • २.
    बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

ताजा समाचार

  • १.
    बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

  • २.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ६.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.