• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
VK
Vrikuti News
आइतबार, भदौ २८, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कविता: आफ्नै माटोमा

दर्शन, राजनीतिक दर्शन  र  परिभाषा

ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

लोकप्रिय समाचार

  • १. भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

२२ भादौ, काठमाडौँ — नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएका प्राकृतिक विपत्ति, सीमापार वातावरणीय प्रभाव र जलवायु न्यायका बहुआयामिक पक्षबारे काठमाडौँको मध्य बानेश्वर स्थित घराना रेस्टुरेन्टको सभा हलमा भाद्र २१ गते आइतबार एक गम्भीर बहस सम्पन्न भएको छ।

भृकुटी सञ्चारको आयोजना तथा ज्योतिकिरण रिजालको सभापतित्वमा सम्पन्न “भोटेकोशीको बाढी, जलवायु संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्री, राजदूत, जलवायु विज्ञ, इतिहासकार तथा अधिकारकर्मीहरूले नेपाल सरकारको उदासीनता र कूटनीतिक कमजोरीबारे आलोचना गरेका छन्।
समारोहमा चीनको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको भीषण बाढी र त्यसले पारेको अपूरणीय क्षतिबारे बोल्दै पूर्वराजदूत एवं जलवायु विज्ञ डा. निर्मल विश्वकर्माले यस घटनालाई कूटनीतिक असफलतासँग जोडेर हेर्नुपर्ने बताए। उनले भने, “चीन जस्तो प्रविधिले सम्पन्न देशको पूर्वसूचना प्रणाली यस्तो कमजोर होला भनेर विश्वास गर्न सकिँदैन। नेपालले सीमापार विपत्तिको समयमा पाउनुपर्ने अग्रिम सूचना नपाउनु हाम्रो कमजोर कूटनीतिको परिणाम हो।”

इतिहासकार तथा विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले अन्तर्राष्ट्रिय स्तरमा जलवायु न्यायको अवस्था ‘मत्स्य न्याय’ (सानालाई ठूलाले पेल्ने नीति) जस्तै रहेको तर्क गरे। “अत्यधिक कार्बन उत्सर्जन गर्ने शक्तिशाली राष्ट्रहरूले गर्ने निर्णयकै दबाबमा साना देशहरू पिल्सिएका छन्,” डा. केसीले भने, “अन्तर्राष्ट्रिय कानुन बाध्यकारी नभएकाले जलवायु न्याय केवल ‘विवेक केन्द्रित’ विषय बनेको छ। यस्तो अवस्थामा साना देशहरूले कसरी न्यायको पहलकदमी लिने भन्ने ठूलो चुनौतीपूर्ण बनेको छ।”
कार्यक्रममा पूर्वराजदूत एवं जलवायु विज्ञ प्रा. डा. कृष्ण ओलीले पृथ्वीको बढ्दो तापमानका कारण भोटेकोशी जस्ता नियति दोहोरिइरहने चेतावनी दिए। प्रा. डा. ओलीले थप ठूला तालहरूको निर्माण र निकासको सही व्यवस्थापन गरेर हिमताल विस्फोटको जोखिम रोक्न सकिने भए पनि राज्यले यसतर्फ कुनै पहल नगरेकोमा खेद व्यक्त गरे। वातावरण र जलवायु कूटनीतिमा नवीन ढङ्गले सोच्नुपर्ने आवश्यकता औँल्याउँदै उनले भने, “रोकथाम र सुरक्षाका लागि विदेशी लगानी वा सहयोगको मुख ताक्नु मूर्खता हो। राज्यका तीनै तहका सरकार संवेदनशील हुने हो भने आर्थिक स्रोतको कुनै कमी हुँदैन।”


यसैगरी, पूर्वमन्त्री एवं जलवायु विज्ञ प्राज्ञ दीपक ज्ञवालीले विपद् व्यवस्थापन र जलवायु संकट टार्न नागरिक चेतना नै प्राथमिक विषय भएको धारणा राखे। “जलवायु परिवर्तन र विपत्तिका निम्ति समुदाय नै सबैभन्दा ठूलो जिम्मेवार हुन्छ। नागरिक चेतना अभिवृद्धि नहुँदासम्म संकट टार्न सकिँदैन,” प्राज्ञ ज्ञवालीले थपे, “जलवायु न्यायका नाममा वैदेशिक क्षतिपूर्तिको आश गर्नु असम्भव जस्तै हो, त्यसैले स्वदेशी प्रयास नै मुख्य हुनुपर्छ।”विपत् व्यवस्थापन विज्ञ डा. वसन्त अधिकारीले भावनामा बगेर नभई तथ्य र विज्ञानसम्मत अध्ययनका आधारमा मात्र नेपालले आफ्ना मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न सक्ने बताए। बाढी प्रभावित क्षेत्रको पुनर्वासबारे बोल्दै डा. अधिकारीले भने, “बाढीले विस्थापित गरेको बस्तीलाई पुनः सोही जोखिमयुक्त स्थानमा पुनर्स्थापित गर्नु अर्को ठूलो दुर्घटना निम्त्याउनु हो। विपत्तिको वस्तुनिष्ठ मूल्याङ्कन गरी तीनै तहका सरकार पूर्ण जिम्मेवार हुनुपर्छ।”


वातावरण अनुसन्धानदाता एवं अधिकारकर्मी देवकुमारी पराजुलीले बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका नागरिकहरू हरेक विपत्तिमा सबैभन्दा बढी जोखिममा पर्ने गरेको तथ्य भोटेकोशी बाढीले पुनः पुष्टि गरेको बताइन्। वातावरण संरक्षणको दायित्व बिर्सिँदा ठूलो क्षति भोग्नुपरेको उनको भनाइ थियो।

अर्का वातावरणविद रीना संग्रौलाले जलवायु परिवर्तनको असरका कारण सुकेका पानीका मुहान र वनजङ्गल विनाशले महिलाहरूको दैनिक जीवनमा भिन्न र जटिल प्रभाव पारेको उल्लेख गर्दै सरकारी उदासीनताविरुद्ध नागरिक खबरदारी आवश्यक रहेको बताइन्।
जलवायु विज्ञ डा. ङमिन्द्र दाहालले जलवायु जोखिम न्यूनीकरणमा नागरिकको भूमिका सबैभन्दा बलियो हुनेमा जोड दिए भने डा. सुमन कर्णले नेपालले जलवायु परिवर्तन र जोखिम न्यूनीकरणका लागि कसैको अनुकरण नगरी आफ्नै ‘मौलिक नीति’ (Original Policy) निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा पूर्वमन्त्री एवं वातावरणविद गणेश साह लगायत अन्य विज्ञहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रमका सभापति ज्योतिकिरण रिजालले

अन्तरक्रियामा उठेका तथ्य र निष्कर्षहरूलाई नीतिगत तहसम्म पुर्‍याउन भृकुटी सञ्चारले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता
अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

धेरै पढिएको

  • १.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ४.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • ५.
    अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

  • ६.
    एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.