आगामी असोज ८ देखि १२ गतेसम्म भीषण मुसलधारे (‘आरिघोप्टे’) पानी पर्ने हल्ला फैलिएपछि काभ्रेको पनौती नगरपालिका वार्ड नं. २ र १२ स्थित रोशीखोला तटीय क्षेत्रका स्थानीयवासी पुनः बाढीको त्रासमा परेका छन्।
पुनः भीषण वर्षा भई खोलामा बाढी आउने डरले सर्वसाधारणले आफ्ना घरका सरसामान, अन्नपात र वस्तुभाउ सुरक्षित अन्यत्र स्थानतर्फ सार्न सुरु गरेका छन् ।
यसअघि २०८१ सालमा रोशी खोलामा आएको बिनाशकारी बाढीले यस क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीले सयौँ घरपरिवार विस्थापित हुनुका साथै धेरै मानिसहरू बेपत्ता भई ज्यान गुमाउनुपरेको थियो । उक्त विपत्तिको घाउ अझै निको हुन सकेको छैन।
बाढीले ध्वस्त बनाएको रोशीखोला बजारका स्थानीयहरू अहिलेसम्म पनि सामान्य जीवनमा फर्कन नसकी सङ्कट झेलिरहेका छन्। बाढीको क्षतिपछि पनि जोखिम मोलेरै खोला किनारमै गुजारा चलाउँदै आएका मानिसहरू फेरि ठूलो वर्षा हुने हल्लाले गहिरो मानसिक तनाव र त्रासमा परेका छन् तर
स्थानीय प्रशासन तथा सरोकारवाला निकायले विपद्को सम्भावित जोखिमको हल्लाबारे पूर्वतयारी अपनाउने र नागरिकलाई सतर्क रहने बारे कुनै आधिकारिक सूचना भने जारी गरेको छैन ।
काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना
काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु