पक्राउको सूचना चुहिए पछि प्रहरीले गर्यो दुर्गा प्रसाई पक्राउ नपरेको जिकिर

0

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले दुर्गा प्रसाईंलाई पक्राउ गरेको तथ्य पुष्टि गर्न इन्कार गरेको छ । भारतको आसाममा पक्राउ गरेर नेपाल ल्याउँदै गरेको सूचना चुहिएपछि प्रहरी प्रधान कार्यालयले ‘हालसम्म प्रसाईं पक्राउ नपरेको’ जिकिर गरेको छ ।

प्रहरी प्रवक्ता (डीआईजी) दिनेशकुमार आचार्यले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनुहुन अनुरोध गर्दछौँ ।’

प्रसाईंको सचिवालयले चाहिँ सामाजिक सञ्जाल फेसबुकमार्फत आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here