• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
VK
Vrikuti News
शुक्रबार, भदौ २६, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कविता: आफ्नै माटोमा

दर्शन, राजनीतिक दर्शन  र  परिभाषा

ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

लोकप्रिय समाचार

  • १. भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

लेखक /साहित्यकार : सुशील रिजाल

पुस्तक : शिखण्डी

विधा : उपन्यास

प्रकाशक: शिखा बुक्सकाे 

पृष्ठ: २०४

मूल्य : ५९५

संक्षिप्त परिचय : कीर्तिपुर-४ मा स्थायी निवास भई समाजशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गर्नुभएका सुशील रिजाल नेपाली शिक्षा र साहित्य क्षेत्रका एक परिचित व्यक्तित्व हुनुहुन्छ। विगत दुई दशकभन्दा बढी समयदेखि प्राध्यापन पेसामा समर्पित रिजाल हाल काठमाडौँ बहुमुखी क्याम्पस (कालीमाटी) र मङ्गलोदय बहुमुखी क्याम्पस (थानकोट) मा अध्यापनरत हुनुहुन्छ।

लामो समयदेखि फुटकर कविता, गजल तथा मुक्तकमार्फत आफ्नो साहित्यिक यात्रालाई अगाडि बढाउनुभएका रिजालको पहिलो आख्यानात्मक कृति ‘शिखण्डी’ उपन्यास प्रकाशित छ।

‘शिखण्डी’ उपन्यास पौराणिक ग्रन्थ महाभारतका अजेय योद्धा भीष्मको वधका मुख्य कारक बनेका चर्चित पात्र ‘शिखण्डी’को कथामा आधारित छ। पूर्वजन्ममा काशीनरेशकी पुत्री अम्बालाई विचित्रवीर्यको महारानी बनाउने उद्देश्यले भीष्मले अपहरण गरेका थिए। तर शाल्व देशका राजासँग प्रेम रहेकाले अम्बाले हस्तिनापुरकी महारानी बन्न अस्वीकार गरिन्। यता अपहरित भइसकेकी हुनाले शाल्वले पनि उनलाई स्वीकार गरेनन्।

यसरी विचल्लीमा परेकी अम्बाले भीष्मको वध गर्ने भीष्मप्रतिज्ञा गरिन्। उनको कष्टकर तपस्याबाट प्रसन्न भई महादेवले अर्को जन्ममा मात्र भीष्म वधको कारक बन्न सक्ने वरदान दिए।

दोस्रो जन्ममा द्रुपद महाराजकी पुत्रीका रूपमा जन्मिएकी उनै अम्बा पछि लिङ्ग परिवर्तन गरी ‘शिखण्डी’ पुरुष पात्रका रूपमा रूपान्तरित भइन्। महाभारत युद्धमा अर्जुनको रथ अगाडि ढाल बनेर शिखण्डी उभिएपछि स्त्रीमाथि प्रहार नगर्ने नियमका कारण भीष्मले धनुर्बाण त्यागे। यही मौकामा अर्जुनको बाणले भीष्म घायल भई मृत्युशैय्यामा पुगे।

उपन्यासमा युद्ध, प्रेम, प्रतिशोध र आफ्नो वास्तविक पहिचानको खोजीमा रुमलिएको शिखण्डी पात्रको जटिल मनोविज्ञानलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ।

साहित्य साधनालाई जीवनको अङ्ग मान्ने आख्यानकार, कवि,

साहित्यकार सुशील रिजालका आगामी सिर्जनाहरूले नेपाली साहित्यलाई अझ उच्च शिखरमा पुर्‍याउन सकोस भन्ने शुभकामना सहित “भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक” श्रृङ्खलामा आज विमोचन हुन गइरहेको उहाँको उपन्यास ‘शिखण्डी’ समावेश गरेका छौँ । स्रष्टा रिजालको सुस्वास्थ्य र दीर्घ जीवनको कामना सहित निरन्तर साहित्यिक यात्राको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।

भृकुटी न्यूज

साहित्य,कला विभाग 

काठमाडौँ । 

  • #नेपाली साहित्य#सुशील रिजाल#भृकुटी न्यूज#उपन्यास#शिखण्डी#काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह
एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

धेरै पढिएको

  • १.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताजा समाचार

  • १.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २.
    अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

  • ३.
    एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

  • ४.
    कविता: आफ्नै माटोमा

  • ५.
    दर्शन, राजनीतिक दर्शन  र  परिभाषा

  • ६.
    ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.