• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, भदौ ०७, २०८३
आइतबार, भदौ ०७, २०८३
VK
Vrikuti News
आइतबार, भदौ ०७, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २. ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता ।

कवि: टीका आत्रेय 

कविता: अस्तित्वको खोज 

https://vrikutinews.com/wp-content/uploads/2026/08/inbound318882582916432989.mp4

संक्षिप्त परिचय:सुन्दर र हरियालीले भरिएको इलामको फाकफोकथुम (फुएतप्पा) को पाखा-पखेरामा जन्मिएर पूर्वको प्रमुख शैक्षिक तथा साहित्यिक शहर इटहरीलाई आफ्नो कर्मथलो बनाउनुभएकी टीका आत्रेय नेपाली साहित्यकी एक सशक्त, प्रखर र आदरणीय हस्ताक्षर हुनुहुन्छ। बुबा नरेन्द्रकान्त पौड्याल र आमा पुण्यप्रभा पौड्यालको स्नेही काखमा हुर्किनुभएकी आत्रेयले शिक्षा र साहित्यको सङ्गमलाई आफ्नो जीवनको मूल मार्ग बनाउनुभएको छ।
जनसङ्ख्या विषयमा स्नातकोत्तर (एम.ए.) तथा शैक्षिक योजना र व्यवस्थापन (EPM) मा एम.एड. सम्मको उच्च शिक्षा हासिल गर्नुभएकी उहाँ पेसाले प्राध्यापनमा संलग्न हुनुहुन्छ। हाल इटहरीस्थित प्रतिष्ठित जनता बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै उहाँले हजारौँ विद्यार्थीहरूलाई ज्ञानको ज्योति बाँडिरहनुभएको छ।
प्राध्यापनको बौद्धिक जगमा उभिएर आत्रेयले गर्नुभएका  सिर्जनाहरूले नेपाली साहित्यलाई समृद्ध बनाएका छन्। विशेष गरी गजल र कविता विधामा उहाँको विशिष्ट पहिचान रहेको छ। उहाँका  मनको क्षितिज (गजल सङ्ग्रह, वि.सं. २०६८), युगको सङ्घार (गजल सङ्ग्रह, वि.सं. २०७५), भ्रूण प्रश्न (कविता सङ्ग्रह, वि.सं. २०७७)  प्रमुख प्रकाशित कृतिहरू रहेका छन्।
उहाँका सिर्जनाहरूको ओज र गुणस्तरकै कारण उहाँका कविताहरू सरकारी तथा निजी क्षेत्रका विभिन्न शैक्षिक पाठ्यक्रमहरूमा समेत समावेश गरिएका छन्, जसले नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्न ठूलो योगदान पुर्‍याएको छ।

साहित्यिक साधनाको निरन्तरता र उच्च योगदानको कदरस्वरूप टीका आत्रेय अनेकौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवं सम्मानहरूबाट विभूषित हुनुहुन्छ। नेपालको सर्वोच्च साहित्यिक संस्था नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०७९ मा स्वर्ण पदक प्राप्त गर्नु उहाँको काव्यिक उचाइको ठूलो प्रमाण हो भने  तुलसा देवी वाणी पुरस्कार (२०६९ – वाणी प्रकाशन, विराटनगर),राजेश्वर रेग्मी साहित्यिक पुरस्कार (२०७३ – राजेश्वर रेग्मी स्मृति कोष, विराटनगर), धनमाया लामिछाने स्मृति पुरस्कार (२०७४ – गर्गाचार्य विश्वभाषा पुस्तकालय, धनकुटा),दशरथ जोगमाया साहित्य पुरस्कार (२०७५ – प्रश्रित प्रतिष्ठान, कोशी पूर्व),टीका प्रसाद शर्मा बस्ती स्मृति पुरस्कार (२०७६ – कवि शिरोमणि साहित्य साधना, धरान)
भवानी मिश्र पुरस्कार (२०७८ – साहित्य कला सङ्गम, दमक)
सर्वोत्कृष्ट गजल कृति पुरस्कार २०२१ (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज -( INLS) ,प्रतिभा धिताल छन्द पुरस्कार (२०७९ – हेटौँडा) नरेन्द्र चापागाईँ स्मृति पुरस्कार (२०८० – विराटनगर)
इटहरी काव्य पुरस्कार (२०८१ – इटहरी साहित्यिक समूह)
भेषराज अधिकारी साहित्य सम्मान (२०८१ – साहित्यानुरागी सङ्गम, मकवानपुर) प्राप्त गर्नु भएको छ भने साहित्यिक क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई साहित्य कुञ्ज (नेपाली विभाग, त्रि.वि. – २०५९), कलालय इटहरी (२०६८), जुही गजल रत्न सम्मान (२०६८), राष्ट्रिय जागृति क्लब (२०७३), अनुराग साहित्य समाज (रुपन्देही – २०७५), उज्यालो मन नेपाल (२०७७) तथा धरानगान विशेष सम्मान लगायतका धेरै संघ-संस्थाहरूले सम्मान गरिसकेका छन्।

गजलका सुमधुर मर्महरूदेखि कविताका गम्भीर छन्द र विचारहरूसम्म सहजै कलम चलाउन सक्ने टीका आत्रेय विचार र भावनाकी सिद्धहस्त कवयित्री हुनुहुन्छ। एकातिर शिक्षा क्षेत्रमा सुयोग्य जनशक्ति निर्माण गर्ने प्राध्यापकका रूपमा र अर्कातिर नेपाली साहित्यको भण्डार भर्ने स्रष्टाका रूपमा उहाँको योगदान अतुलनीय छ। उहाँको निरन्तरको साहित्यिक साधना नेपाली साहित्य जगत्का लागि एक प्रेरणाको स्रोत बनेको छ। यस्तो मुर्धन्य स्रष्टा टीका आत्रेयको को उच्च सम्मान सहित “भृकुटी न्यूज: शनिबार सहित्यमा आजको कविता” श्रृङ्खलामा उहाँलाई प्रस्तुत गरेका छौं । उहाँको सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दछौं।

भृकुटी न्यूज
साहित्य कला विभाग

काठमाडौँ ।

  • #साहित्य#कविता#भृकुटी न्यूज#टीका आत्रेय
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २.
    ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

ताजा समाचार

  • १.
    ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.