भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक
लेखक: फुलमान वल
पुस्तक: काजोल खातुन
विधा: कथा
प्रकाशक : बुक-हिल पब्लिकेसन कालिकास्थान, काठमाडौं
सर्वाधिकार: फूलमान वल
आवरण स्केच : सुन्दर बस्नेत
लेआउट/डिजाइन : सुवर्ण हुमागाई
नयाँ संस्करण : असोज, २०७३
ISBN: 978-9937-9101-2-5
पृष्ठ सङ्ख्या: १९७
मूल्य: २९९
लेखकको संक्षिप्त परिचय: फूलमान बल नेपालका एक चर्चित, स्थापित तथा बहुआयामिक सञ्चारकर्मी, कवि, आख्यानकार तथा नाटककार हुनुहुन्छ। कला, साहित्य र रङ्गमञ्चीय पत्रकारितामा उहाँले पुर्याउनुभएको योगदान विशिष्ट मानिन्छ।
काभ्रेको तिमालमा जन्मिएका फूलमान वल आख्यान र गैर-आख्यान विधामा कलम चलाउँदै आउनु भएको छ । विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारितामा क्रियाशील उहाँले विशेष गरी कान्तिपुर राष्ट्रिय दैनिकमा लामो समय कला, साहित्य, संस्कृति र रङ्गमञ्च विभागको संयोजकका रूपमा कार्य गर्नुभएको छ। भने विभिन्न सञ्चार माध्यमहरूमा मुख्य सम्पादक तथा सल्लाहकारका रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको छ।
उहाँ तामाङ तथा नेपाली साहित्यमा विम्ब र मौलिकता प्रस्तुत गर्ने सशक्त हस्ताक्षर हुनुहुन्छ। कविता, आख्यान र नाटक लेखनमा उहाँको विशेष दखल रहेको छ।
उहाँका महाभारतकी मैच्याङ (कविता सङ्ग्रह-२०७०) म्हेन्दोमाया (मञ्चित नाटक-२०७१) प्रकाशित छन् । उहाँद्वारा निर्देशित छोटो फिल्म सेलफोन सन् २०१२ को काठमाडौँ अन्तर्राष्ट्रिय आदिबासी फिल्म फेस्टिभलमा पुरस्कृत भई थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो ।
गरिमा सम्मान पुरस्कार-२०६९, ललितकला राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७१, युगकवि सिद्धीचरण श्रेष्ठ साहित्यिक पत्रकारिता पुरस्कार-२०७०, भानुभक्त स्वर्ण पदक-२०७१ लगायतका दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसक्नुभएका उहाँको काजोल खातुन पहिलो कथा सङ्ग्रह हो ।
फूलमान बल मूलधारको नेपाली पत्रकारिता र आधुनिक साहित्यमा मौलिक पहिचान बनाएका सिर्जनात्मक व्यक्तित्व हुनुहुन्छ। उहाँका लेख, कविता र रङ्गकर्मले नेपाली समाजको विविधता, सीमान्तकृत चेतना र सांस्कृतिक सुन्दरतालाई उजागर गर्दै आएका छन् ।अक्षरको साधनालाई जीवनको परम ध्येय मान्ने वलका आगामी सिर्जनाहरूले नेपाली साहित्यलाई अझ उच्च शिखरमा पुर्याउन सकोस भन्ने शुभकामना सहित “भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक” श्रृङ्खलामा उहाँको पुस्तक कथा संग्रह ‘ काजोल खातुन’ समावेश गरेका छौँ । स्रष्टा वलको सुस्वास्थ्य र दीर्घ जीवनको कामना सहित निरन्तर साहित्यिक यात्राको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
भृकुटी न्यूज
साहित्य कला विभाग
काठमाडौँ ।