• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, भदौ ०७, २०८३
आइतबार, भदौ ०७, २०८३
VK
Vrikuti News
आइतबार, भदौ ०७, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २. ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

विनोद चौधरीको गोरख धन्दा,सरकारी जग्गा हडपेर भाइलाई दिए अंश,यसरी हत्याएका थिए छालाजुत्ता कारखानाको जग्गा

२० माघ,काठमाडौँ। २०४२ सालमा बिनोद चौधरी र उनका बाबुको बाँसबारी छालाजुत्ता कारखाना गिद्दे नजर गाडियो।जसरी पनि छालाजुत्ता कारखानाको अचल सम्पति आफ्नो बनाउँने खेल सुरु गरे। छालाजुत्ता कारखाना सिध्याउँन उनले बाँसबारी छालाजुत्ता कारखाना सञ्चालक समितिका अध्यक्ष अजित नारायण सिंह थापासँग हिम चिम बढाए।
अध्यक्ष थापा र चौधरीको हिमचिम यस्तो भयो कि अन्तत उनीहरु बाँसबारी छालाजुत्ता कारखाना सिध्याउने अहम मिसनको साँठगाँठमा एकाकार भए र बाँसबारी छालाजुत्ता कारखानालाई निरन्तर ठूलो आर्थिक घाटामा लैजाने योजना बनाए । सोही अनुरुप कारखानालाई ठूलो घाटामा देखाइयो र घाटा पुर्ताल गर्न कारखानाको जग्गा बेच्नै पर्ने अवस्था देखाएर प्रपन्च सुरु गरियो र कारखानाको जग्गा हत्याउनकै निम्ति बिनोद चौधरीले क्रमशः यसरी काम सुरु गरे:-

१) २०४३ साल भदौ १० गते च्याम्पियन फूटवेयर लिमिटेड नामको कम्पनी खडा गरियो । कम्पनीका सेयर सदस्य बिनोद चौधरी,अरुण चौधरी र उनका बाबु लगायत मात्र परिवारका सदस्य रहे।

२) चौधरीले फूटवेयर कम्पनी खोलेको तीन दिन पछि २०४३ भदौ १३ गते बाँसबारी छालाजुत्ता कारखानाको सञ्चालक समितिको बैठक बस्यो र समितिको बैठकले दुईलाख पचास हजारका दरले मूल्याङ्कन गरि १० रोपनी जग्गा बिनोद चौधरीको फूटवेयर कम्पनीलाई दिने निर्णय गर्यो र त्यसबापत पैसा होइन चौधरीसँग २५ सय कित्ता सेयर लिने निर्णय गरियो ।
३) जग्गा मात्र हत्याउने उदेश्य राखेर खोलिएको फुटवेयर कम्पनी तीन वर्षपछि २०४६ साल भाद्रबाट बन्द गरियो।

४) २०४७ सालमा बहुदल आएपछि बाँसबारी छालाजुत्ता पनि निजीकरण तिर गयो ।

५) २०४३ भदौ १० मा दर्ता हुँदा च्याम्पियन फुटवेयर लिमिटेड थियो र २०४३ सालसम्म बाँसबारी छालाजुत्ता कारखाना पनि यसको सेयरधनीको रुपमा थियो तर २०५४ सालमा च्यापियन फुटवेयर लिमिटेडलाई कम्पनी रजिस्ट्रारको कार्यलयले प्राइभेट लिमिटेड भनि प्रमाण पत्र दियो।

६) २०५४ सालमा कम्पनी रजिस्ट्रारको कार्यलयमा गरिएको नवीकरणमा अरुण चौधरीको श्रीमती शीला चौधरीलाई नयाँ सेयर धनी खडा गरेर बाँसबारी छालाजुत्ता कारखानाको सेयर गायब पारियो ।

७) जब छालाजुत्ता कारखानाको सेयर गायाब परियो त्यसपछि चौधरी परिवारमा अंशबण्डा भयो सेयर गायब पारेपछि पूर्णरुपमा कारखानाको १० रोपनी जग्गा हडप्न सफल भइयो भन्ने ठानेका बिनोद चौधरीले उक्त जग्गा र कम्पनी भाइ अरुणलाई अंश दिए २०७४ साल चैत महिनाको कम्पनी रजिस्ट्रारको कार्यलयमा रहेको रेकर्ड हेर्दा रेकर्डमा अरुण चौधरी र उनको श्रीमती मात्र कम्पनीको सेयर होल्डर देखिएका छन् ।

८) अंशबण्डा पछि पनि बाँसबारी छालाजुत्ता कारखानासँगको सम्बन्ध जोडिएको कम्पनीको नाम बाहिर नागरिक तहमा नरहोस भन्ने दुरासयबाट २०७८ सालमा यो लुटपाटे कम्पनीको फेरि नाम परिवर्तन गरेर `CG चाँदवाग रेसिडेन्सि प्रा.लि.´ बानाइएको छ । यसरी हेर्दा यो अपराधका मुख्य मास्टर माइण्ड बिनोद चौधरी नै हुन् भन्ने प्रष्ट छ तर अहिले यो घोटालामा उनका भाइ अरुण चौधरी,छालाजुत्ता कारखानाका अध्यक्ष र अन्य केहीमात्र पक्राउ परेका छन् । बिनोद चौधरी भने अहिले निर्वाध घुमिरहेका छन् ।

 

 

  • #बिनोद चौधरी #अरुण चौधरी # छालाजुत्ता कारखाना #भृकुटी न्यूज #काठमाडौ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २.
    ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

ताजा समाचार

  • १.
    ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.