छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

0

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यालयका दुई शिक्षक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

पीडित छात्राको जाहेरीका आधारमा गत शुक्रबार पक्राउ परेका शिक्षकद्वय सुरेन्द्र कोइराला र कविराज पौडेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


विद्यालयमा अध्ययनरत दुई छात्राले जाहेरी दिएपछि पक्राउ परेका उनीहरूलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here