भृकुटी न्यूज,शनिबार साहित्यमा आजको कविता
कवि /साहित्यकार : मोहन थापा
कविता: ईश्वर भयले काँपि रहेछ, कविताको यात्रा
संक्षिप्त परिचय: ऐतिहासिक र सांस्कृतिक सुवास बोकेको काठमाडौँमा बुबा जगत थापा र आमा चोखा थापाको कोखबाट वि.सं. १९५० भदौ २८ गते जन्मनुभएका मोहन शमशेर थापा (मोहन थापा) नेपाली साहित्य र पत्रकारिता जगत्का एक अनुपम नक्षत्र हुनुहुन्छ। बहुमुखी प्रतिभाका धनी थापा कविता, कथा, र संस्मरणजस्ता आख्यान तथा गैर-आख्यानका बहुविध क्षेत्रमा आफ्नो प्रखर र विशिष्ट कलम चलाउँदै आउनुभएका सुयोग्य स्रष्टा हुनुहुन्छ।
सन् १९७५ मा पटना विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा बी.ए. (अनर्स) (B.A. Hons) गर्नुभएका थापा बहुभाषिक क्षमताका धनी हुनुहुन्छ। उहाँले नेपाली, अंग्रेजी, हिन्दीका साथै जापानी भाषामा समेत विशेष दक्षता हासिल गर्नुभएको छ। यो भाषीय सामर्थ्यले उहाँको साहित्यिक फलकलाई स्थानीय घेराबाट उठाएर विश्वव्यापी उचाइ प्रदान गरेको छ।
साहित्य सिर्जनासँगै पत्रकारिताको सम्पादन र प्रकाशनमा उहाँको योगदान उच्च प्रशंसनीय छ। सन् १९७८ देखि “JAYANTI” नेपाली मासिक पत्रिका र सन् १९९० देखि “JAYANTI” अंग्रेजी मासिक पत्रिकाको प्रधान सम्पादक तथा प्रकाशकका रूपमा समेत निरन्तर योगदान दिँदै आउनुभएको छ । उहाँ विश्व लिग फर फ्रिडम एण्ड डेमोक्रेसी (WLFD) नेपाल च्याप्टरका राष्ट्रिय संयोजक साथै टोकियो, जापानस्थित IFGF (इन्टरनेशनल फुल गस्पेल फेलोशिप) मा नेपालका लागि वरिष्ठ कार्यकारी सदस्य तथा स्थायी प्रतिनिधिको गरिमामय भूमिका निर्वाह गरिरहनुभएको छ ।
उहाँको सशक्त काव्यिक चेतनाको कदर अन्तर्राष्ट्रिय स्तरमै भइसकेको छ। सन् १९७७ मा रुसद्वारा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका स्वर्ण पदक विजेता उहाँका गहन अनुभूति र वैचारिक परिपक्वता समेटिएका सशक्त कृतिहरू “The Dead City” (कविता संग्रह),”Life After Death” (संस्मरण) आदि प्रकाशनको पर्खाइमा छन्। 
नेपाली र अन्तर्राष्ट्रिय वाङ्मयको श्रीवृद्धिमा जीवनका अनेकौँ आयाममार्फत अनवरत समर्पित स्रष्टा मोहन थापाको यो निष्ठा र साधना नेपाली साहित्य इतिहासकै लागि एक अमूल्य सम्पदा हो । यस्तो मुर्धन्य स्रष्टा मोहन थापाको उच्च सम्मान सहित “भृकुटी न्यूज: शनिबार सहित्यमा आजको कविता” श्रृङ्खलामा प्रस्तुत गरेका छौं। उहाँको सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दछौं।
भृकुटी न्यूज
साहित्य कला विभाग
काठमाडौँ ।