• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
बिहिबार, कार्तिक ०६, २०८३
बिहिबार, कार्तिक ०६, २०८३
VK
Vrikuti News
बिहिबार, कार्तिक ०६, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक
लेखक/ साहित्यकार : “विवश” बलिभद्र कोइराला
पुस्तक: काँचको मुटु

विधा : गजल 

संक्षिप्त परिचय: पूर्वी नेपालको सुरम्य एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण चुलाचुली, इलामको पवित्र काखमा विक्रम संवत् २०३० मा स्रष्टा “विवश” वलिभद्र कोइराला (बलभद्र कोइराला) को जन्म भएको हो। आमा चन्द्रा देवी र बुबा धर्मानन्द कोइरालाका कोखबाट जन्मिनुभएका कोइरालाको बाल्यकाल इलामको पहाडी काख र प्राकृतिक परिवेशमै बितेको छ । वर्तमान समयमा पनि उहाँ आफ्नो जन्मभूमि चुलाचुली-१, इलाममै रहेर निरन्तर साहित्य साधना र सामाजिक सेवामा समर्पित हुनुहुन्छ। पारिवारिक जीवनतर्फ उहाँ श्रीमती शान्ता दहाल तथा एक छोरा र दुई छोरीका साथ सुखी एवं प्रेरणादायी पारिवारिक दायित्व वहन गर्दै आउनुभएको छ।
वि.सं. २०५० को दशकको प्रारम्भसँगै नेपाली साहित्यको उर्वर धरातलमा आफ्नो कलम चलाउन सुरु गर्नुभएका विवश वलिभद्र कोइराला विशेष गरी गजल, गीत, कविता र कथा विधामा सिद्धहस्त मानिनुहुन्छ। भावुक मन, तिखो चेतना र लयात्मक अभिव्यक्ति उहाँका रचनाका विशेषता हुन्।
उहाँका विवशका विवशताहरू (गीत सङ्ग्रह, २०५७),लेक बेसीका भाकाहरू (गीत-गजल सङ्ग्रह, २०५८), चुलाचुली गजल दर्पण भाग-१ (सम्पादन तथा प्रकाशन २०६३), काँचको मुटु (गजल सङ्ग्रह, २०६६) आदि कृतिहरु प्रकाशित छन् ।
यसका साथै, उहाँका मर्मस्पर्शी रचनाहरू ‘शुरा’, ‘काँचको मुटु’, ‘कहरवा’, र ‘शिव बकस’ जस्ता प्रख्यात गीति एलबमहरूमा गीत तथा गजलका रूपमा सङ्ग्रहित एवं सङ्गीतबद्ध भई स्रोतामाझ लोकप्रिय बनेका छन्।
साहित्यिक लेखनमा मात्र सीमित नरही उहाँ पूर्वी नेपालको भाषिक, साहित्यिक र सामाजिक रूपान्तरणका अभियानमा पनि सक्रिय हुनुहुन्छ। उहाँले भाषा साहित्य संस्कृति समिति, चुलाचुली अध्यक्ष,साहित्य कला सङ्गम सचिव , सप्तरङ्गी एफ.एम. (दमक), साहित्य चौतारी (बिर्तामोड), समाज सुधार (चुलाचुली), बोनसाइ साहित्य प्रतिष्ठान (दमक), र साहित्य सुधा नेपाल आदि संघसंस्थामा रहेर योगदान पुर्‍याउनुभएको छ।
नेपाली गजल तथा गीत साहित्यको श्रीवृद्धिमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय (नेपाली भाषी क्षेत्र) तहका विभिन्न सङ्घ-संस्थाहरूले उच्च सम्मान व्यक्त गरेका छन्:जुही गजल रत्न सम्मान/पुरस्कार (२०६८, चन्द्रगढी), हाम्रो मझrules गजल रत्न (२०६९, चितवन), सर्जक मञ्च झापा सम्मान (२०६८) तथा गजल यात्रा इलाम सम्मान (२०६८), गजल स्रष्टा मञ्च इलाम सम्मान (२०७१), स्वर्गीय डिकमान विरही स्मृति सम्मान (२०७३, बिर्तामोड), राजेश्वर रेग्मी स्मृति कोष सम्मान (२०७४, विराटनगर),धर्नासो साहित्य सम्मान तथा पुरस्कार (२०७५), कृष्णभूषण बल स्मृति सम्मान तथा पुरस्कार (२०८०) अन्तर्राष्ट्रिय सम्मान: नेपाली साहित्य परिषद् सिक्किम (२०१७) र सर्जक मञ्च दार्जीलिङ (२०१५) रोजिन स्मृति प्रतिष्ठान, समाज सुधार समूह, लेखनाथ पुस्तकालय, जनता मा.वि., नुमाङ्गेना बहुभाषिक पाठशाला, गजल मञ्च पाँचथर लगायत दर्जनौँ सामाजिक एवं साहित्यिक सङ्घ-संस्थाहरूबाट सम्मानित तथा पुरस्कृत हुनुभएको छ ।
इलामको माटोबाट उठेका “विवश” वलिभद्र कोइराला नेपाली गजल र गीत साहित्यका एक उज्याला नक्षत्र हुनुहुन्छ। शब्दको शिल्प, भावनाको गहिराइ र समाजप्रतिको उत्तरदायित्वलाई आफ्नो सिर्जनाको मूल मन्त्र मान्ने स्रष्टा कोइरालाको निरन्तरको साहित्य साधना नेपाली भाषा-साहित्यका लागि अत्यन्तै वन्दनीय र प्रेरणादायी छ। यस्ता मुर्धन्य स्रष्टा “विवश” बलिभद्र कोइरालाको उच्च सम्मान गर्दै “भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक “ श्रृङ्खलामा उहाँको पुस्तक काँचको मुटु समावेश गरेका छौं। स्रष्टा कोइरालाको आगामी साहित्यिक यात्रा अझ सशक्त बनोस भन्ने शुभकामना सहित सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दछौं ।

भृकुटी न्यूज 

साहित्य, कला विभाग 

काठमाडौँ 

  • #नेपाली साहित्य#गजल#काँचको मुटु#विवश बलिभद्र कोइराला#काठमाडौँ#भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता
मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ४.
    मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

  • ५.
    साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

  • ६.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.