खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

0

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका-४ फलेडीकी २७ वर्षीया गोमा नेगी रहेकी छन्।

गोमाको पुर्चौंडी नगरपालिका-१ कोपीखेतमा खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

आफन्त जानकी धानुकको घरायसी काममा सघाउन गएकी गोमा खर काट्ने क्रममा भिरबाट लडेर सिकिस्त भएकी थिइन्।

गोमालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। उनको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here