• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
सोमबार, भदौ ०८, २०८३
सोमबार, भदौ ०८, २०८३
VK
Vrikuti News
सोमबार, भदौ ०८, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २. ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

एनआरएनको निर्वाचन स्वच्छ र निष्पक्ष हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन स्वच्छ र निष्पक्ष हुने बताएका छन् ।

माओवादी केन्द्र प्रवास समन्वय समितिले सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको अन्तरक्रियामा उनले ढुक्क भएर चुनावी प्रतिस्पर्धामा लाग्न आग्रह गरे । निर्वाचनमा सर्वसम्मत उम्मेदवार बनाउन गठबन्धनबाट पहल जारी रहेको पनि उनले जानकारी दिए ।


प्रचण्डले स्वच्छ प्रतिस्पर्धाबाट योपटक मध्यपूर्वले नेतृत्वमा पाउने विश्वास व्यक्त गर्दै एकतावद्ध र दृढतापूर्वक काममा लाग्न निर्देशन दिए । ‘स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिवद्ध छ । निश्चिन्त भएर चुनावी प्रतिस्पर्धामा लाग्न म आग्रह गर्छु । सर्वसम्मत गराउने विषयमा छलफल अन्तिम समयसम्म जारी रहन्छ’, उनले भने ।

गैरआवासीय नेपालीहरूको नागरिकताको समस्या समाधान अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने कामको सुरुवात प्रवासी नेपालीबाट भएको र त्यसलाई अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरू र स्वरोजगारमा रहेका श्रमीकहरूलाई कोषमा आवद्ध गर्ने कुरा भइरहेका उनले बताए ।


अर्को निर्वाचनमा प्रवासी नेपालीले समेत मतदान गर्न पाउने गरी सरकारले प्रक्रिया अगाडि बढाएको उनले जिकिर गरे । सोही अनुसार निर्वाचन आयोगले विभिन्न ठाउँमा पुगरे अध्ययन गरिरहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्यायको पक्षमा प्रक्रिया सरकारले अगाडि बढाएकाले राम्रो कामको प्रचार गर्न आग्रह गरे ।

यसैगरी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले देशको समृद्धिका लागि योगदान दिन गैरआवासीय नेपालीहरुलाई आग्रह गरे ।
यसैगरी प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले सर्वसम्मत नेतृत्वका लागि प्रधानमन्त्री तहबाटै पहल गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अध्यक्ष ओम शर्मासिहत प्रवास समन्वय समितिका पदाधिकारी र एनआरएनएका उम्मेदवार तथा अभियन्ताहरु सहभागी थिए ।
एनआरएनको ११ औं महाधिवेशनमा राजेन्द्रकुमार(आरके)शर्मासहित डा. बद्री केसी र महेशकुमार श्रेष्ठबीच चुनावी प्रतिपर्धा हुने देखिएको छ । स्रोतका अनुसार आरकेको पक्षमा सर्वसहमतिको प्रयास भइरहेको छ । त्यसका लागि महेश श्रेष्ठसहित बद्री केसीलाई मनाउने प्रयास भइरहेको छ ।

  • प्रधानमन्त्री
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण
जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २.
    ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

ताजा समाचार

  • १.
    ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.