३ असोज,काठमाडौँ, सरकारले वार्तामा बस्न पटक–पटक गरेको आग्रहलाई अस्वीकार गर्दै देशभरका शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित अनिश्चितकालिन सडक आन्दोलन थालेका छन् । आन्दोलन कस्तो रुपमा जाला भन्ने चिन्तामा सुरक्षा निकाय चिन्तत रहेको बुझिएको छ भने शिक्षामन्त्री भने हचुवाका ओठे तर्क झिकेर झारा टार्ने प्रयत्न गरिरहेका छन् । सुरक्षाका हिसाबले संबेदनसिल मानिएको काठमाडौमा पचासौ हजार शिक्षक सडकमा ओर्लदा ट्राफिक ब्यवस्थापन खलबलिएको छ भने शिक्षकहरुले आन्दोलनलाई थप चर्को बनाउने सङ्केत गरेका छन् ।
सरकारले शिक्षा विधेयकमा शिक्षकको सरुवा, बढुवा, नियुक्ति कार्यसम्पादन, सेवासुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका रहने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको हो।आन्दोलन निरन्तर जाने महासंघले उल्लेख गरेको छ ।