सत्तारुढ दल नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।
“आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।”
कांग्रेसले यादवको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
बुधबार दिउँसो रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेको थिए । सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सहमहामन्त्री यादवको अहिले ट्रमा सेन्टरमा उपचार भैरहेको छ । उनको टाउको पछाडि चोट लागेको छ ।