उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका नेतालाई पनि नछाड्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा एमालेले उठाएको प्रश्नको जवाफ दिँदै उनले अनुसन्धान भइरहको र दोषी देखिए माओवादी वा जुनसुकै दललाई पनि नछाड्ने बताएका हुन् ।
‘हामीले अहिले अनुसन्धान प्रक्रिया पूरा गरेका छैनौं । हामीले अभियोजनको प्रक्रियालाई गइसकेका छैनौं । अहिले सिआईबीले अनुसन्धान गरिरहेको छ। ’ उनले भने, ‘को मान्छेलाई तान्ने कसलाई छुट दिने हामी गर्दैनौं । हामी कानूनलाई लागू गर्छौं । प्रमाणको आधारमा अघि बढ्छौं ।’
उनले प्रश्न उठाउने एमाले सांसदहरूले सीआईबीलाई विश्वास नगरेको भन्दै पहिला सरकार चलाउँदा पनि यस्तै हुन्थ्यो भन्दै प्रश्न गरे ।