• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
सोमबार, भदौ ०८, २०८३
सोमबार, भदौ ०८, २०८३
VK
Vrikuti News
सोमबार, भदौ ०८, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २. ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

औपचारिकतामा सीमित कांग्रेस बैठक

सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले नयाँ परिस्थितिमा पार्टी र मुलुकलाई नवीन ढंगबाट अघि बढाउने निर्णय गर्ने अपेक्षा धेरैले गरेका थिए। तर केन्द्रीय कार्यालय सानेपामा एक साता चलेको बैठक मंसिरमा महासमिति बैठक गर्नेसहितका केही औपचारिक र परम्परागत निर्णय गर्दै सकिएको छ।

पार्टी विधानको व्यवस्थाअनुसार महाधिवेशनको वर्षबाहेक प्रत्येक वर्ष गर्नुपर्ने महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरिएको छ। पार्टीको १४औं महाधिवेशनबाट नेतृत्व मात्र चयन गरेको कांग्रेसले विधानको व्यवस्थाविपरीत नीति महाधिवेशन गर्ने जनाउँदै आएको थियो। महासमिति भेलालाई नै केन्द्रीय समिति बैठकले नीति महाधिवेशनका रूपमा आत्मसात् गर्ने निर्णय भएको छ।

पार्टी विधानको व्यवस्थाविपरीत एक वर्षपछि साउन २ गते सुरु भएको केन्द्रीय समिति बैठकले पार्टी संगठन सञ्चालनका लागि आन्तरिक र सार्वजनिक अभियान सञ्चालन गर्ने केही प्रस्ताव पारित गरेको छ। कांग्रेस बैठकले यही साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान चलाउने निर्णय गरेको छ। यसका लागि ७७ जिल्ला र ७५३ स्थानीय तहमा प्रतिनिधि खटिने छन्। त्यस्तै भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय बैठकले गरेको छ। त्यसअन्तर्गत कांग्रेसले समुदायसम्म पुग्ने जनाएको छ।

गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठक चुनावसँगै उदाएका नयाँ राजनीतिक दलका विषयमा मौन बसेको छ। पार्टीका नेताकार्यकर्ता नयाँ राजनीतिक दलसँग जोडिने क्रम बढिरहेको धारणा बैठकमा सदस्यहरूले राखेका थिए। तर यस विषयमा कांग्रेसले ठोस प्रस्ताव र धारणा बाहिर ल्याएको छैन। पार्टी संगठनलाई चलायमान बनाउन केन्द्रीय कार्यालयतर्फबाट महामन्त्री गगनकुमार थापाले प्रस्ताव गरेको एक वर्षे कार्यक्रमलाई संशोधनसहित कार्यान्वयनमा लगिने भएको छ।

पार्टी विधानमा महाधिवेशन भएको ६ महिनाभित्र सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने व्यवस्था छ। तर महाधिवेशन भएको डेढ वर्ष बित्दा पनि पार्टीका कुनै पनि निकाय र तहले पूर्णता पाएका छैनन्। केन्द्रीय समिति बैठकले पनि यस विषयमा ठोस निर्णय लिएन। नागरिक दैनिकबाट

  • कांग्रेस
  • नेपाली कांग्रेस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ज्ञान बहादुर शाहीद्वारा पत्रकारलाई धम्की,महासंघले दियो चेतावनी
जनशक्ति अभाव झेल्दै परराष्ट्र
सुन तस्करीमा राजनीतिको जलप

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २.
    ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

ताजा समाचार

  • १.
    ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.