२२ असार,काठमाडौं। ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत चलचित्रमा अभिनय गरेका चर्चित अभिनेता सारुक ताम्राकार काठमाडौ रातो पुल स्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा फेला परेका छन् । हाल छायांकन भइरहेको ‘ह्यासट्याग माया’ मा अभिनय गरिरहेका उनी अपरान्ह सुटिङबाट घर फर्किएको बताइएको छ ।
काठमाडौ प्रहरी प्रवक्ताले घटनास्थलको प्रकृति हेर्दा उनको मृत्यु शंकास्पद नदेखिएको बताएका छन् । ‘घट्ना आत्महत्या भन्ने देखिए पनि थप अनुसन्धान भइरहेको बताए।
श्रोतका अनुसार परिवारमा उनका बाबुआमा मात्र थिए । बाबुआमा बिहीबार साझँ पार्टीमा गएका थिए । उनी एक्लै घरमा थिए । सोही समयमा आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाइ रहेको छ ।
प्रहरी प्रवक्ताले भने ‘ बुबाआमा पार्टीमा जानुभएको रहेछ । राति ११ बजे घर आएर हेर्दा छोरा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।’
३१ वर्षीय ताम्राकार घरको भर्याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा राति ११ बजे फेला परेका थिए ।ताम्राकारको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी