९ असार,काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एअरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ। काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरूलाई उडान सेवाबाट निलम्बन गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
उनका अनुसार पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिजर’ पनि पालना नगरेको पाएकाले निलम्बन गरिएको हो। प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उनीहरूलाई उडान सेवाबाट निलम्बन गरेको बताएको छ। यद्यपि निलम्बनमा परेका दुई पाइलट कोको हुन् भन्ने खुलाएको छैन।