“कहाँ राष्ट्रिय आघात भयो बहस गर्न तयार छु”- डा.रावल “काँडेतार”माथिको सेन्सर कायरता हो -डा.केसी

0

२६ बैशाख ,काठमाडौ । नायक नवल खड्काको  निर्देशन र सामना फिल्म प्रा.लि. ले निर्माण गरेको चलचित्र “काँडेतार”  सरकारको सेन्सर बोर्डले रोक लगाउनु दु:खद भएको भन्दै एमाले नेता डा.भिम रावल र राजनीतिक विष्लेषक प्रा.डा. सुरेन्द्र केसीले आक्रोश व्यक्त गरेका छन् । नेता रावलले “चलचित्र काँडेतारले कहाँ राष्ट्रिय आघात पुर्याएको छ ?” भन्ने प्रश्न गर्दै  जवाफ दिन चेतावनी दिएका छन् । सरकारको गम्भीर ध्यानाकर्षण गर्दै नेता रावलले  चलचित्र काँडेतारको विषयमा आफू बहस गर्न तयार रहेको समेत उल्लेख गरेका छन् ।
कार्यक्रमका अर्का वक्ता प्रा.डा.केसीले सरकारको लाचारीको आलोचना गर्दै बिदेशीको अत्याचार र सिमा छेत्रको उत्पिडनबारे उल्लेख गर्दै चलचित्रको देशभक्तिसँग डराएका कायरहरुले स्वाभिमानको कुरा गर्दै हिड्नु हास्यास्पद भएको बताए । तत्काल सेन्सर हटाउन चेतावनी दिदै वक्ताहरूले काँडेतारको पूर्ण सफलताको कामना समेत गरेका थिए।
“देशभक्तिपूर्ण  चलचित्र निर्माणमा सरकार  र नागरिकको भूमिका के हुन सक्छ ?”विषयक अन्तरक्रियात्मक छलफल एवम पत्रकार भेटघाट कार्यक्रममा सयौं पत्रकार र सहभागीहरुको उपस्थिति रहेको थियो । सिलौटो कटेज अनामनगरमा  सम्पन्न सामना फिल्मस् तथा चलचित्र “काँडेतार” परिवार आयोजक रहेको उक्त कार्यक्रमको सभापतित्व निर्देशक ,नायक,नवल खड्काले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here