नेपाली च्याउको बजार,माग बढ्दै किसान सङ्कटमा पर्दै

0

११ चैत्र,काठमाडौँ। नेपालमा च्याउ खेती विसं २०३१ सालमा कृषि विभाग अन्तर्गतको वाली रोग विज्ञान महाशाखा खुमलटार, काठमाडौंबाट  सुरु  गरिएको  थियो  । त्यसबेला  च्याउ खेती  बारे ४–५ जनालाई तालिम दिइएको थियो । यसरी ४–५ जनाबाट सुरु गरिएको च्याउ खेती हाल आएर देशैभर गर्न थालिएको छ । हाल नेपालमा गोब्रे, कन्य, पराले र सिताके लगायतका जातका च्याउ उत्पादन हुन्छ । च्याउमा पाइने पौष्टिक तत्वका कारण पनि यसको महत्त्व उच्च छ । शरीरलाई आवश्यक पर्ने १२ तत्व च्याउमै पाइने वैज्ञानिक तथ्य छ । विश्वभर महत्वका साथ हेरिने च्याउलाई नेपाली उपभोक्ताले पनि मन पराएका छन् ।

यसरी च्याउको कारोबार वर्षेनी बढ्न थालेपनि व्यवसायिक च्याउ उत्पादन गर्ने किसान भने धरासयीमा पर्न थालेका छन् । पछिल्लो समय भारतबाट आयातित च्याउले बजार कब्जा गर्दा नेपाली किसान मर्कामा परेको च्याउ उत्पादक किसान संघ नेपालका अध्यक्ष सन्तोष कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here