२७ माघ, काठमाडौं । राष्ट्रपतिको सवारीको समयमा किन हिँडेको भन्दै प्रहरीले डाक्टरलाई लाठी प्रहार गरेको छ । त्यसको विरोधमा वीर अस्पताल र ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले सेवा बन्द गरेर आन्दोलन थालेका छन् ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न राजामहाराजाको ठाँटमा संसद भवन नयाँबानेश्वर गएकी थिइन् । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली गराएको थियो । सडक खाली गराउने कार्यले आज अस्पताल हिडेका इमर्जेन्सी एम्बुलेन्स देखि सर्वसाधारण नागरिक सम्मले ट्राफिक जामको सामना गर्नु परेको थियो भने सडकमा हिडेका पैदल यात्रीमाथि लाठी प्रहार गरिएको थियो। ट्रमा सेन्टरका स्वास्थकर्मीहरुले डाक्टरमाथिको लाठी प्रहारको बिरोधमा आन्दोलन सुरु गरेका छन् ।