४ माघ,काठमाडौ,सुवाश नेम्बाङ प्रस्तावक र रवी लामिछाने, राजेन्द्र लिङदेन र हितराज पाण्डे समर्थक राखेर एमाले नेता एवं प्रतिनिधिसभा सदस्य देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखकालागि उम्मेदवरी दर्ता गरेका छन् ।
एमाले पार्टीले सर्वसम्मत रुपमा देवराज घिमिरेलाई सभामुखको उमेदवार बनाउने निर्णय गरेको छ। धेरैको चर्चा आएपनि अन्ततःपार्टीमा देवराज सर्बसम्मत सिफारिस भएका छन् । भोलि माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ ।