१७ मङ्सिर ,गोलबजार,सिरहामा १० वर्षदेखि व्यापार गर्दै आएका एक व्यापारीले बैंकको चर्को ब्याजदरका कारण आत्महत्या गरेका छन् ।पूर्वी तराईको सिरहा गोलबाजारमा रहेको राजदेवी इन्टरप्राइजेजका संचालक समेत रहेका पप्पु महासेठले आत्महत्या गरेका हुन् ।
‘बैंकको चर्को ब्याजदर,चरम आर्थिक संकट र बैंकको कठोर प्रेसर झेल्न नसकेरै महासेठले आत्महत्या गर्न पुगेको´ उद्योग व्यपार संघ गोलबजारका महासचिव राकेश गुप्ताले बताएका छन् । गुप्ताका अनुसार महासेठको निधनको शोकमा बुधबार गोलबजारका सम्पूर्ण पसल बन्द गरिएको थियो ।
पछिल्लो समय बैंकको चर्को ब्याजदर र बिग्रिएको व्यपार व्यवसायको तनाव ग्रस्त अवस्थाकै कारण धेरै व्यापारीहरुले आत्महत्याको बाटो तय गर्न थालेका छन् ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी