• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
मङ्गलबार, भदौ ०९, २०८३
मङ्गलबार, भदौ ०९, २०८३
VK
Vrikuti News
मङ्गलबार, भदौ ०९, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २. ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

  • ४. ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

भाद्र ७,भृकुटी न्यूज, ताप्लेजुङ । मुक्कुमलुङ्ग साहित्य प्रतिष्ठानको आयोजनामा ‘आपसी सद्भाव र विश्व शान्तिका लागि एकता’ नारासहित ताप्लेजुङ बजार फुङ्लिङदेखि सुकेटारसम्म साहित्यिक पदयात्रा सम्पन्न भएको छ । शनिबार आयोजित पदयात्रामा साहित्यकार तथा साहित्यप्रेमीहरूले करिब ८ किलोमिटर दूरी तीन घण्टामा पूरा गरेका थिए ।

राष्ट्रिय झण्डा र ब्यानरसहितको पदयात्रामा सहभागीहरूले विभिन्न मुक्तक तथा गीत प्रस्तुत गरेका थिए । सुकेटार पुगेपछि आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो ।

साहित्यकार तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा साहित्यकार चन्द्र मादेन आन्छन् र समाजसेवी एवं स्रष्टा काजी गुरुङलाई दोसल्ला तथा ताम्रपत्रसहित सम्मान गरिएको थियो ।

स्रष्टा भरत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डिल्ली रमण बराल विशिष्ट अतिथि तथा साहित्यकार चन्द्र मादेन आन्छन्, समाजसेवी सुन्दरमोहन शाक्य, कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका सचिव शान्तिराम नेपाल, समाजसेवी काजी गुरुङ, मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा, नेपाली कांग्रेस ताप्लेजुङका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, फुङ्लिङ नगरपालिका–२ का वडाध्यक्ष गोपाल न्यौपाने, समाजसेवी ओम राई तथा कृष्ण फुरुम्बोलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी अतिथिहरूले साहित्यिक पदयात्रासहितको कार्यक्रमको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

एक वर्षपछि आयोजित प्रतिष्ठानको पहिलो साधारण सभाले पुरानो तदर्थ समिति विघटन गरी नयाँ कार्यसमिति चयन गरेको छ । शिक्षाविद् युवराज गिरीको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन मण्डलीले मनिष हेल्लोकको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सीता पिरती, मणि सेम्बु र बिरही कान्छा, महासचिवमा उदय भट्टराई, सचिवमा नवराज आचार्य ‘निश्छल’, सहसचिवमा लक्ष्मी चुडाल, कोषाध्यक्षमा लीला आँसु र सहकोषाध्यक्षमा केवि किराँती चयन हुनुभएको छ । सदस्यमा होमनाथ दाहाल, अनिषा लोहार, सुनिता भुर्तेल, पोष्ट वा गुरुङ, जीवन कालिकोटे र रीता घायल चयन हुनुभएको छ ।

प्रतिष्ठानको पहिलो बैठकले साहित्यकार चन्द्र मादेन आन्छन्लाई प्रमुख सल्लाहकार तथा भरत गुरुङ, सुन्दरमोहन शाक्य, काजी गुरुङ, गजेन्द्र तुम्याहाङ, खगेन्द्रकुमार कार्की र लेकाली कान्छालाई सल्लाहकार नियुक्त गरेको छ ।

कार्यक्रममा कवि सुनिता भुर्तेल र उदय भट्टराईले स्वागत सिर्जना तथा मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने समारोहको सञ्चालन नवराज आचार्य ‘निश्छल’ले गर्नु

भएको थियो ।

  • #ताप्लेजुङ#साहित्य#भृकुटी news#काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २.
    ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

  • ४.
    ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

ताजा समाचार

  • ५.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.