काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिल्लीबजार कारगारमा रहेका रेशम चौधरीसँग भेटवार्ता गरेका छन् ।
एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा कुराकानी लगत्तै प्रचण्ड चौधरीलाई भेट्न डिल्लीबजार कारगारमै पुगेका हुन् ।
कैलालीको टीकापुर हत्याकाण्डमा कैद सजाय भुक्तान गरिरहेका अभियुक्त चौधरीलाई प्रचण्डले यो भन्दा पहिले फरार रहेर भारतमा लुकिरहेको अवस्थामा पनि नेपाली सुरक्षा निकायलाई चुनौती दिदै भेटघाट गरेका थिए ।
सुदुर पश्चिममा नागरिक उन्मुक्ति पार्टीको उदय भएको र संयोजक चौधरी श्रीमती रञ्जीता श्रेष्ठ कैलाली र स्वतन्त्रबाट चौधरीका बुबा बर्दियाबाट प्रतिनिधिसभामा निर्वार्चित भएपछि आफ्नो चौतर्फी हारबाट अतालिएका प्रचण्ड चौधरी भेट्न कारागार पुगेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभामा पनि तीन सिट जितेको छ ।डिल्लीबजार कारगारमा प्रचण्डले चौधरीसँग ३० मिनेटजति संवाद गरेको स्रोतले पुष्टि गरेको छ । भेटमा उनले चौधरीसँग के कुरा गरे भन्ने प्रष्ट नभएपनि प्रचण्ड र चौधरीको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । भेट साँझ साढे ६ बजे भएको हो ।