• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
शुक्रबार, कार्तिक ०७, २०८३
शुक्रबार, कार्तिक ०७, २०८३
VK
Vrikuti News
शुक्रबार, कार्तिक ०७, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

पहाड, उन्यू र म

कविता
_____________
-धनकुटे कान्छा
________________
जिन्दगी उन्यूको बोटजस्तो
दिउलहरू बोकेर हरियो खोपडीभरि
उम्रिरहेछन् फूलहरूको बगैँचाभन्दा पर
सोत्तर सोहाेर्नेहरूको डढेल्नाभरि
र, म उन्यू फुल्छ भनेर
फूलबारीभरि उन्यूका दिउलहरू छरिरहेछु ।

जिन्दगी बगैँचामा फुलेको फूल हुनुहुन्न रहेछ
जो आफ्ना लागि थोरै र अरूका लागि ज्यादा फुल्छ
जो आफ्नै सौन्दर्यले आफैँ बाँच्न भुल्छ
र, मन्दिरमा चढाउनेहरूसँगै बलि चढ्छ ।

म, उन्यूलाई औधी माया गर्न थालेको छु
ऊ फुल्नुभन्दा नफुलेकै राम्रो लाग्न थालेको छ ।

म पहाडको बास्ना आँखामा सुँघेर सोच्छु
हिमाललाई दैलोमा उभ्याएर सुन्छु
झरनालाई मनमा झङ्झङाएर हेर्छु
यी बतासहरूले चराहरूको गीत बोकेको पहाड
आज मेरो उन्यूघारीको बाटो भएर
लेकसम्म ऐंसेलु टिप्दै–दिप्दै गयो
र, गोठ सार्दै गरेको गोठालाहरूसँगै
सुसेल्दै–सुसेल्दै आयो
कि, म आज सहरमा बसेर पहाड नियालिरहेछु ।

टाढा भएर सम्झँदा–
सम्झँना नै पहाड हुँदोरहेछ
बसाइँ सरेको मन बोकेर
मुग्लान लाग्नेहरूको सपनाजस्तो
म बिरानो सहरबाट
पहाडलाई चिठ्ठी पठाउँदै छु
म मुटु राखेर अक्षरहरूमा
पहाडलाई माया पठाउँदै छु ।

कसरी पोत्न सकेको होला
यो चित्रकारका आँखाहरूले
उन्यूका दिउलहरूमा मान्छेका मनहरु
र, कसरी रंग्याउन सकेको होला
यो चित्रकारका पाइतालाहरूले
पहाडका टाउकामा मान्छेका मुटुहरु
म मेरो भित्ताको चित्र हेरेर भित्तो भएको छु
कि, म उन्यू भएर उम्रिन सकिँन
यो धेरै घरको सहरमा
कि, म पहाड भएर उभिन सकिँन
यो गजुरै–गजुरको सहरमा ।

सत्य ! रिकुटे नसम्झिदिनुहोला
म, पहाड फर्किदा
एउटा कविको भरिया भएर फर्कदैछु ।

  • #कविता #धनकुटे कान्छा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ४.
    मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

  • ५.
    साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

  • ६.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.