देउवा र प्रचण्डको गोप्य सम्झौता रहेको डा.केसीको दाबी

0

देउवा र प्रचण्ड बिच गम्भिर सम्झौता रहेको दाबी गर्दै राजनीतिक विस्लेसक प्रा.डा. सुरेन्द्र केसीले आफू प्रधानमन्त्रीको दौडमा छैन र देउवासँग कुनै गोप्य सम्झौता भएको छैन भन्ने प्रचण्डको अभिव्यक्ति हास्यास्पद र नाङ्गो झुट रहेको बताएका छन। एक चर्चित अनलाइन सँग कुरा गर्दै डा केसीले प्रचण्डको गोर्खा आउनु को पछाडि जसरी पनि चुनाव जित्ने मनोविज्ञानमा आधारित रहेको भन्दै गोर्खाको निर्वाचनमा आफू समेत अनुगमनमा सहभागी हुने बताएका छन् ।गोर्खामा गम्भिर धादली हुन सक्ने सङ्केत गरेका डा केसीले प्रचण्डले नेपाल र नेपाली जनतालाई हेपेको आरोप लगाएका छन् । ओली र प्रचण्डका पछिल्ला अन्तरवार्ता र अभिव्यक्तिबारे गरिएको प्रश्नको जवाफ दिदै केसीले ओली भन्दा प्रचण्डका अभिव्यक्ति बढी राजनीतिक प्रकृतिका हुने भए पनि प्रचण्डमा इमान नहुदा जनसमुदायमा ओलीको क्रेज देखिएको समेत बताएका छन् । अब जनता निर्णयक ठाउँमा आइपुगेको हुनाले निर्वाचनमा पछुतो नहुने गरि मतदान गर्न समेत अपिल गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here