• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, भदौ ०७, २०८३
आइतबार, भदौ ०७, २०८३
VK
Vrikuti News
आइतबार, भदौ ०७, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २. ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर 

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर 

स्रष्टा: पवन कुमार चामलिङ 

साहित्यिक नाम: किरण 

 संक्षिप्त परिचय: भारतको सिक्किम राज्यका पूर्व मुख्यमन्त्री, वरिष्ठ राजनीतिज्ञ तथा नेपाली भाषाका प्रख्यात साहित्यकार पवन चाम्लिङ ‘किरण ‘ लगातार २५ वर्ष (सन् १९९४ देखि २०१९)  सम्म सिक्किमको मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हालेर भारतमा सबैभन्दा लामो समय मुख्यमन्त्री पदमा रहने कीर्तिमान कायम गर्नुभएको छ।
सन् १९५० सेप्टेम्बर २२ मा पिता आशबहादुर चाम्लिङ र माता बिसनमाया चाम्लिङको कोखबाट <span;>दक्षिण सिक्किमको याङगाङमा जन्मनुभएका पवन चाम्लिङ साहित्यमा किरण उपनामले प्रख्यात हुनुहुन्छ । सन् १९७३ को सिक्किम आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका चाम्लिङ सन् १९८५ मा पहिलोपटक सिक्किम विधानसभा सदस्य निर्वाचित हुनुभयो। सन् १९९३ मार्च ४ मा उहाँले सिक्किम डेमोक्रेटिक फ्रन्ट (SDF) को स्थापना गर्नुभयो। सन् १९९४ देखि २०१९ सम्म लगातार पाँच पटक सिक्किमको मुख्यमन्त्री निर्वाचित हुनुभयो।
उहाँकै नेतृत्वमा सिक्किमलाई सन् २०१६ मा विश्वकै पहिलो १००% जैविक कृषि प्रणाली अपनाउने राज्य (Fully Organic State) घोषणा गरियो, जसका लागि सिक्किमले संयुक्त राष्ट्रसङ्घको प्रतिष्ठित ‘फ्युचर पोलिसी गोल्ड अवार्ड’ समेत प्राप्त गर्‍यो। ‘एक व्यक्ति, एक रुख’ अभियान र पर्यावरण संरक्षणका लागि गरिएका कार्यहरू उहाँको नेतृत्वका प्रमुख विशेषता मानिन्छन्।
राजनीतिसँगै उहाँ नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा निरन्तर क्रियाशील  उहाँको काव्यचेतनामा जनपक्षीय स्वर, सामाजिक चेतना र माटोप्रतिको अगाध प्रेम पाइन्छ।
वीरताको परिचय (कविता सङ्ग्रह, १९७७)
अन्त्यहीन सपना: मेरो विपना (कविता सङ्ग्रह, १९८५)
म को हुँ ? (कविता सङ्ग्रह, १९९२)
प्रारम्भिक कविताहरू (२०२०) प्रमुख कृतिहरू रहेका छन्।
उहाँका कविताहरू अन्य धेरै भाषामा समेत अनूदित भएका छन्। साहित्य क्षेत्रमा पुर्‍याउनुभएको योगदानका लागि उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ, जसमध्ये ‘भानु पुरस्कार’ (सिक्किम साहित्य परिषद्) प्रमुख छ।
कवि साहित्यकार चाम्लिङले सिक्किममा नेपाली भाषालाई प्रशासनिक तथा शैक्षिक क्षेत्रमा मजबुत बनाउन अहम् भूमिका खेल्नु भएको छ । उहाँको कार्यकालमा भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषा समावेश गराउन तथा सिक्किममा विभिन्न जातीय भाषा र संस्कृतिको संरक्षण तथा विकास गर्न नीतिगत पहलहरू भएका थिए।
राजनीतिक दूरदर्शिता र साहित्यिक उचाइ दुवै बोक्नुभएका पवन कुमार चाम्लिङ भारतीय नेपाली भाषी समुदायका एक शीर्ष व्यक्तित्व मानिनुहुन्छ । यस्ता  अग्रज एवं  मुर्धन्य स्रष्टा पवन कुमार चाम्लिङ ‘ किरण ‘ को उच्च सम्मान गर्दै “भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर” श्रृङ्खलामा उहाँको यो तस्बिर प्रकाशित गरेका छौं । आदरणीय साहित्यकार  पवन कुमार  चाम्लिङ ‘किरण’ को सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दछौं।

भृकुटी न्यूज
साहित्य कला विभाग
काठमाडौँ।

  • #पवन चाम्लिङ#सिक्किम भारत#साहित्य#भृकुटी न्यूज#काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • २.
    ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

ताजा समाचार

  • १.
    ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.