• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
मङ्गलबार, भदौ ०२, २०८३
मङ्गलबार, भदौ ०२, २०८३
VK
Vrikuti News
मङ्गलबार, भदौ ०२, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर 

संसदमा प्रवेश गर्यो विनय यादवको आमरण अनशन, स्वास्थ्य अवस्था नाजुक

वरिष्ठ कवि शैलेन्द्र साकारको एकल वाचन सम्पन्न: ‘राष्ट्रियतामा साहित्यको भूमिका’बारे गहन चर्चा

लोकप्रिय समाचार

  • १. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • २. शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ३. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
तस्बिर: साहित्यकार सीता पाण्डे


संक्षिप्त परिचय :
नेपाली साहित्य जगतमा सीता पाण्डे एक सशक्त र सम्मानित नाम हो। साहित्यका विभिन्न विधामा कलम चलाउँदै आउनुभएकी उहाँ मुख्यतः उपन्यास, कथा, कविता तथा निबन्ध लेखनका माध्यमबाट समाजको यथार्थ, मानवीय संवेदना र समसामयिक चेतनालाई उजागर गर्न सफल स्रष्टा हुनुहुन्छ।
पारिवारिक एवम् सांस्कृतिक वातावरणमा हुर्कनुभएकी सीता पाण्डेको सानै उमेरदेखि साहित्यप्रति गहिरो अभिरुचि रहेको पाइन्छ। औपचारिक शिक्षा हासिल गर्ने क्रमसँगै उहाँले आफ्नो लेखनयात्रालाई पनि निरन्तरता दिनुभयो। उहाँको प्रारम्भिक जीवनका अनुभव र सामाजिक परिवेश नै उहाँका रचनाका प्रमुख प्रेरणास्रोत बने।
उहाँको लेखनमा यौन मनोविज्ञान ,नारी चेतना, सामाजिक समानता, नैतिक मूल्य-मान्यता र आञ्चलिक जीवन्तताको सुन्दर सङ्गम पाइन्छ।
उपन्यास, निबन्ध र कविता विधामा कलम चलाउने उहाँको
लेखन शैलीमा सरल, सरस र सम्प्रेष्य भाषा शैलीको मौलिक विशेषता पाइन्छ । उहाँका रचनाले पाठकको मन छुने र गम्भीर सामाजिक सन्देश प्रवाह गर्ने गर्दछन् । उहाँका असजिला खुसीहरू (कथा तथा कवितासङ्ग्रह) , बन्धकी खुसीहरू (कथासङ्ग्रह) ,सीता पाण्डेका कथाहरू (कथासङ्ग्रह),यौन र अनुभूति (शृङ्खलाहीन विचारहरू),अन्तर्द्वन्द्व (लघु उपन्यास)
रङ्गीन जामा (शृङ्खलाहीन विचारहरू) ,टुकुनी, खुसी र भ (कवितासङ्ग्रह- तपाईंको हातमा),फिभर (विभिन्न अनुवादकहरू) साइलेन्ट भ्वाइस (डा. तारानाथ शर्माद्वारा अनुदित गद्य), अवतार विघटन (संयुक्त उपन्यास),खेलकुद ज्ञानमञ्च जस्ता दर्जनौं कृति प्रकाशित रहेका छन् ।

नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदरस्वरूप उहाँ विभिन्न साहित्यिक सङ्घ-संस्थाहरूबाट सम्मानित तथा पुरस्कृत हुनुभएको छ।
साहित्यकार सीता पाण्डे नेपाली साहित्य क्षेत्रकी एक समर्पित र उर्जाशील साधक हुनुहुन्छ। उहाँका सिर्जनाहरूले नेपाली साहित्यको भण्डारलाई धनी बनाउनुका साथै नयाँ पुस्ताका लेखकहरूका लागि समेत प्रेरणा प्रदान गरेका छन् ।
अग्रज एवं यस्तो मुर्धन्य स्रष्टा सीता पाण्डेको उच्च सम्मान गर्दै “भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर”
श्रृङ्खलामा  उहाँको  यो तस्बिर  प्रकाशित गरेका छौं । आदरणीय साहित्यकार सीता पाण्डेको सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दछौं।
भृकुटी न्यूज
साहित्य कला विभाग
काठमाडौँ।

  • #शनिबार साहित्य#सीता पाण्डे#भृकुटी न्यूज#काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

धेरै पढिएको

  • १.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • २.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

ताजा समाचार

  • १.
    शेरबहादुर देउवा, राजा ज्ञानेन्द्र र नयाँ राजनीतिक संक्रमण

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक 

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ४.
    जेनजी आन्दोलनपछिको राजनीति र भूराजनीतिक जटिलताबारे काठमाडौँमा अन्तरक्रिया

  • ५.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता 

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.