भृकुटी न्यूज, १३ वटा स्थानीय निकायले अझै नयाँ आर्थिक वर्षको ल्याउन सकेका छैनन् । अझैसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू मध्ये सिराहाको सुखीपुर नगरपालिका, औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरिया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत गरेका छैनन् । पर्साको छिपहरमाई गाउँपालिका र पकाहा मैनपुर गाउँपालिकाले विभिन्न कारणले बजेट सार्वजनिक गर्न सकेका छैनन् ।
कोशी प्रदेशको धरान उपमहानगरपालिका, लुम्बिनी प्रदेशको रुपन्देही कोटहीमाई गाउँपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले पनि बजेट ल्याएका छैनन् ।
कोशी प्रदेशमा १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहले बजेट ल्याएका छन् । वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले असारभित्रै बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् ।
१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची
१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु