धादिङ – आगामी स्थानिय तह निर्वाचनका लागी धादिङमा चार दलिय गठबन्धनबीच स्थानिय तहको नेतृत्व भागबण्डामा सहमती भएको छ ।
चार दलिय गठबन्धका शिर्ष नेताहरुबीच भएको छलफलले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पालिकाको नेतृत्व संख्यामा सहमति भएको हो । यद्धपी कुन स्थानिय तहको नेतृत्व कुन दलले लिने भन्ने बिषयमा हस्ताक्षर हुन बाँकी रहेको बताईएको छ ।
श्रोतका अनुसार नेपाली काँग्रेसले ७, माओवादी केन्द्र र एकिकृत समाजवादीले ३/३ स्थानिय तहको नेतृत्व गर्ने सहमती भएको छ ।