• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
बुधबार, असोज ०७, २०८३
बुधबार, असोज ०७, २०८३
VK
Vrikuti News
बुधबार, असोज ०७, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कविता: आफ्नै माटोमा

लोकप्रिय समाचार

  • १. काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • २. बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

बस्ती जोगाउन आवश्यक बजेट निकाशा गर्छौं : मुख्यमन्त्री पाण्डे

सिन्धुपाल्चोक – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाढीले क्षति र्पुयाएको मेलम्ची क्षेत्रका बस्ती जोगाउन आवश्यक बजेट निकाशा गर्ने बताएका छन् ।

शनिबार बाढीक्षेत्र हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका पुगेका मुख्यमन्त्री पाण्डेले पीडितको ज्ञापन पत्र बुझ्दै बस्ती जोगाउन आवश्यक बजेट निकाशा गर्ने बताएका हुन् । पाण्डेले मेलम्ची क्षेत्रका बस्ती जोगाउन भू संरक्षणमार्फत प्रथम चरणमा चार करोड निकासा भएको समेत बताए । ‘तपाँईहरुको गुनासो सुनें, तत्कालका लागि नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि भू संरक्षणमार्फत चार करोड बजेट निकासा भएको छ, फेरी लगत्तै १० करोड थप गर्ने योजना बनाएका छौं,’ बाढीपीडितलाई भेट्दै मुख्यमन्त्री पाण्डेले भने ।

गत असार १ मा हेलम्बुको शिरभेग भेमाथाङबाट उर्लिएको बाढीले बगर तुल्याएको हेलम्बु र मेलम्ची तटीय भेगक्षेत्र अवलोकन गर्दै मुख्यमन्त्री पाण्डे भावविहृवल भएको स्थानियले बताएका छन् । मेलम्ची खोलामा आएको बाढीले हेलम्बु र मेलम्ची तटभेग ध्वस्त तुल््यायो, एक दर्जन गाउँको अस्तित्व मेटाइदिएको थियो । बाढीबीच हेलम्बु गापा र मेलम्ची खानेपानी आयोजनामा कार्यरत कर्मचारी गरी पाँच जनाले ज्यान गुमाएका थिए । उक्त बाढीमा परेका २० जना अझै भेटिएका छैनन् ।

बाढी गएको लामो समयसम्म सरकारले बाढीपीडितको लागि उल्लेख्य काम केही गर्न नसकेको भन्दै हेलम्बु र मेलम्चीका बाढीपीडितले मुख्यमन्त्रीलाई गुनासो पोखेका थिए । बाढीपीडित सरोकार समिति सहितका स्थानीयहरुले जम्मा भएर ज्ञापन पत्र बुझाउँदै बाढीले बगर तुल्याएको र अन्य बासको अन्योलता मुख्यमन्त्रीलाई पोख्दै अनेक मागसहित गुहारेका थिए ।

स्थानियको गुनाशोपछी मुख्यमन्त्री पाण्डेले बाढीले यस भेगमा दुखद् घटना गराएको र तत्काल आवश्यक अध्ययन गरी पहलकदमी र काम थाल्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका थिए । मुख्यमन्त्री पाण्डेसहित वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा, पशुपंक्षी राज्यमन्त्री इन्द्रमाया गुरुङ, पूर्वसामाजिक तथा विकासमन्त्री युवराज दुलाललाई सहजीकरण गर्नसमेत उनले अनुरोध गरेका थिए । ‘५० लाखभन्दा बढी बजेटको ठेक्का गर्नुपर्ने प्रदेशको प्रावधान छ, बाढी प्रभावित हेलम्बु , मेलम्ची र पाँचपोखरी थाङपाल गांउपालिकामा ५०/५० लाखको योजना बनाएर उपभोक्ता समितिमार्फत काम गर्नुहोस् ।, ’उनले भने ।

उता मेलम्ची डुवान प्रभावित क्षेत्रको अनुगमनमा पुगेका मुख्यमन्त्री पाण्डेलाई विज्ञको सुझावको आधारमा तयार पारिएको मेलम्ची नगरपालिकाको प्रतिवेदनको बारेमा मेलम्ची नगरका मेयर डम्बर अर्यालले जानकारी गराएका थिए ।

  • vrikuti tv
  • vrikutionlinetv
  • इन्द्रमाया गुरुङ
  • उपभोक्ता समिति
  • पशुपंक्षी राज्यमन्त्री
  • पाँचपोखरी थाङपाल गांउपालिका
  • पूर्वसामाजिक तथा विकासमन्त्री
  • मुख्यमन्त्री
  • मुख्यमन्त्री पाण्डे
  • मेयर डम्बर अर्याल
  • मेलम्ची नगरपालिका
  • युवराज दुलाल
  • राजेन्द्रप्रसाद पाण्डे
  • वाग्मती प्रदेश
  • स्वास्थ्यमन्त्री निमा लामा
  • हेलम्बु गाउँपालिका
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान
काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • २.
    बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

ताजा समाचार

  • १.
    बङ्गलादेशका रविउल इस्लाम र ज्योतिकिरणलाई ‘इन्टरनेशल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

  • २.
    काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ६.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.