सिंहदरबार बैद्यखानाका पूर्व प्रवन्ध निर्देशक साहको निधन

0

काठमाडौँ, सिंहदरबार बैद्यखानाका पूर्व प्रवन्ध निर्देशक राम नारायण साहको आज बिहान ७७ वर्षको उमेरमा निधन भएको छ।

आइतबा बेहोसी अवस्थामा निजामती कर्मचारी (सिभिल) अस्पताल लगिएका उनको आज बिहान निधन भएको अस्पताल स्रोतले जनाएको छ।

चिकित्सकाअनुसार पिसावको संक्रमणका कारण उनको मृत्यु भएको हो। शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि सिभिल अस्पताल पुगेकी थिइन्।

रामनारायणमा लामो समयदेखि मधुमेह र पिसाबको संक्रमण रहेको पनि चिकित्सकले जानकारी दिएका छन्। आयुर्वेदिन चिकित्सक साह २०५८ सालदेखि ०६३ सालसम्म सिंहदरबार बैद्यनाखाका प्रवन्ध निर्देशक थिए। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह  रामनारायण शाहका जेठा छोरा हुन्। अधिकांश सञ्चारमाध्यमहरूले मेयर बालेनका पिताको निधन भन्दै स्वर्गीय गायक यमबुद्धका जीवित बुबाको तस्बिर सार्वजनिक गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here