लेखक एवं पत्रकार प्रकृति अधिकारीलाई मातृशोक

0

काठमाडौं, कात्तिक २५ गते । शिक्षा मामिलाका जानकार, लेखक एवं गोरखापत्र संस्थानका कार्यरत पत्रकार प्रकृति अधिकारीलाई मातृशोक परेको छ ।
उहाँकी आमा यमुना अधिकारीको मङ्गलबार बिहान ७६ वर्षको उमेरमा ललितपुर सातदोबाटोमा रहेको निजी निवासमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार केही समयअघि उहाँलाई मस्तिष्कस्राव भएपछि उपचारमा हुनुहुन्थ्यो । स्वर्गीय यमुनाको पार्थिव शरीरलाई आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । विसं २००६ मा दाङमा जन्मनुभएकी यमुनाका तीन छोरा हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here