काठमाडौं, कार्तिक १ । जेन-जी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा आज नयाँ पार्टी घोषणा हुँदैछ। उनले एक भिडियो जारी गरेर पार्टी खोल्ने जानकारी दिएका छन्।
उनले नयाँ बानेश्वरस्थित एभरेस्ट इन्टरनेसनल होटलमा आज दिउँसो १ बजे विशेष पत्रकार सम्मेलनमार्फत यसबारे थप जानकारी गराउने तयारी गरेका छन्। देशको अग्रगामी निकास र भाद्र २३ र २४ को विद्रोहमा ७६ जनाको बलिदानले प्राप्त उपलब्धिको रक्षाका लागि नयाँ राजनीतिक पहलको घोषणा गर्न लागेको उनले जनाएका छन् ।
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र विदेशमा भएका नेपालीलाई पनि मताधिकार दिनुपर्ने एजेन्डासहित उनले दल घोषणा गर्न लागेका हुन्।


