• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
VK
Vrikuti News
शनिबार, साउन ०९, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

अस्थिर राजनीति, चलेका चौकी र सुरक्षा चुनौती

नेपालमा हालै भएको ‘जेनजी आन्दोलन’ ले देशको राजनीतिक, सामाजिक र सुरक्षा परिदृश्यमा गम्भीर प्रश्नहरू खडा गरेको छ। विशेषगरी, आन्दोलनका क्रममा देशभरका प्रहरी चौकीहरूमा भएको आगजनी र ठूलो भौतिक क्षतिले आन्तरिक सुरक्षा व्यवस्थापनमा नयाँ र जटिल चुनौतीहरू उत्पन्न गरेको छ। राजनीतिमा व्याप्त भ्रष्टाचार, बेथिति र युवा पुस्तामा बढेको निराशाको अभिव्यक्तिको रूपमा सुरु भएको यो आन्दोलनले राज्यको आधारभूत सुरक्षा संयन्त्रमाथि नै धावा बोलेको छ। जेन्जी आन्दोलनको महिना दिन बितिसक्दा पनि देशको शान्ति- सुरक्षामा आश्वस्त हुने स्थिति निर्माण हुन सकेको छैन। भदौ २४ का दिन नेपाल प्रहरी र आन्दोलनकारी दुवैले भोगेको पीडा असामान्य छ। त्यो दिनका हिंसात्मक घटनाले नेपाल प्रहरीलाई भौतिक र मानसिक दुवै रुपमा गम्भीर क्षति पुर्याएको छ। सहकर्मीको हत्या, चौकी र कार्यालयमा तोडफोड र आग्जनी, बर्दी र हतियारको लुट र ठूलो सङ्ख्यामा कैदीबन्दी फरार हुनुले प्रहरी संगठनको मनोबल गिराएको छ। साढे सात दशकको इतिहास बोकेको प्रहरी संगठन कहिल्यै यति नाजुक अवस्थामा पुगेको थिएन। कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीको रगत सुक्न नपाउँदै, देशभरका चौकीहरूमा आगो निभ्न नपाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सुरक्षा प्रणालीमाथि नै प्रश्न उठ्नेगरी जेनजी युवाको हत्याबारे जुन खाले प्रतिक्रिया दिए त्यसले प्रहरी संगठनको घाउमा थप नुन चुख छर्ने काम भयो। आन्दोलनमा भएको हिंसात्मक घटनाबारे तत्कालीन गृहमन्त्री रमेश लेखकको अभिव्यक्तिले प्रहरी संगठनलाई थप अविश्वसनीय र बेवारिसे तहमा उतारिदियो। राज्य सत्ता सञ्चालनको तहमा बसेका ओली र लेखक जस्ता नेताहरुको निरन्तरको यस्तो प्रवृतिले नै आज प्रहरी र नागरिक बीचको सम्बन्ध कमजोर बन्दै गएको छ। जसले दीर्घकालीन सुरक्षा व्यवस्थामा नकारात्मक असर पारेको छ ।
जलेका चौकीहरू : राज्य उपस्थितिको विघटन
प्रहरी चौकीहरू भनेका राज्यको उपस्थितिको प्रत्यक्ष प्रतीक र जनताको सुरक्षाको पहिलो ढोका हुन् । जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकासहित देशभरका करिब ४८६ युनिट प्रहरी चौकीहरू र ५०० भन्दा बढी सवारीसाधनहरू जलाइनुले कानुन तथा व्यवस्था कायम गर्ने निकायको मेरुदण्डमाथि नै गम्भीर प्रहार भएको छ। चौकीहरू ध्वस्त हुँदा सबै भन्दा ठूलो त प्रहरीको मनोबलमा ह्रास भएको छ। ठूलो संख्यामा प्रहरीहरू घाइते हुनु, १२४७ थान आधुनिक हातहतियार र एकलाख भन्दा बढी गोलीहरू  लुटिनु र बर्दीसमेत फुकाल्न लगाइनुले सुरक्षाकर्मीहरूको मनोबलमा गम्भीर चोट पुगेको छ। यसले प्रहरीलाई आफ्नो कर्तव्य निर्वाह गर्न मनोवैज्ञानिक रूपमा कमजोर बनाएको छ। प्रहरी कार्यालय, सवारीसाधन र सञ्चार उपकरणहरूमा भएको क्षतिले अपराध अनुसन्धान, सार्वजनिक शान्ति सुरक्षा र विपद् व्यवस्थापनजस्ता दैनिक सेवाहरू अवरुद्ध भएका छन्। श्रोत,साधनहरुमाथि  आगजनी हुँदा  घटनास्थलमा तत्काल पुग्ने क्षमतामा ह्रास आएको छ। कतिपय ग्रामीण तथा सहरी क्षेत्रहरूमा प्रहरी चौकी नहुँदा स्थानीय समुदाय सुरक्षाविहीन महसुस गर्न बाध्य भएका छन्। यद्यपि, केही स्थानहरूमा स्थानीय समुदायले जलेका चौकी पुनर्स्थापनामा तदारुक्ता देखाएर सकारात्मक पक्ष प्रस्तुत गरेका छन्।
जेनजी आन्दोलनपछिका सुरक्षा चुनौती:
प्रहरी चौकीहरूमाथिको आक्रमणले उजागर गरेका दीर्घकालीन र जटिल सुरक्षा चुनौतीहरू भयावह खालका छन्। आन्दोलनका क्रममा लुटिएका र अहिलेसम्म फेला नपरेका ठूलो संख्याका हतियारहरूले गम्भीर सुरक्षा जोखिम बढाएका छन्। यी हतियार आपराधिक समूहको हातमा पुगेमा भविष्यमा हिंसात्मक घटना वा संगठित अपराध बढ्ने खतरा छ। कतिपय सुरक्षा अधिकारीहरूको भनाइ अनुसार, यो आक्रमण आकस्मिक नभई ‘गुगल म्यापमार्फत’ लक्षित चौकीहरूमा गरिएको संगठित हमला थियो। यसले युवा आन्दोलनलाई आपराधिक समूह, भागेका कैदी र अन्य तत्वहरूले दुरुपयोग गरेको देखाउँछ, जसले राज्यको आन्तरिक गुप्तचर र सुरक्षा रणनीतिमाथि प्रश्नचिह्न खडा गरेको छ। जेनजी आन्दोलनको औपचारिक नेतृत्व नहुनुले यसलाई व्यवस्थापन गर्न झन् कठिन बनाएको छ। सडकबाट जुनसुकै बेला नयाँ नेतृत्व निस्कन सक्ने र आन्दोलनले फेरि उग्र रूप लिन सक्ने जोखिम सुरक्षा निकायलाई छ। यी सबै आकलन हुँदाहुँदै पनि यसलाई रोक्ने पूर्व तयारीका लागि प्रहरी संगठनसँग बलियो पूर्वाधार छैन। ध्वस्त भएका संरचना र जलेका सवारीसाधनहरूको पुनर्निर्माणका लागि ठूलो बजेट र समय आवश्यक छ। यसका लागि पर्याप्त स्रोतसाधन र द्रुत खरिद प्रक्रिया आवश्यक पर्दछ, नत्र सुरक्षा सेवा प्रभावित भइरहनेछ। सरकारले समयमै यो कुरामा ध्यान दिनु जरुरी छ।
निष्कर्ष:
जेनजी आन्दोलनमा जलेका चौकीहरू केवल भौतिक संरचना मात्र होइनन्, राज्य र नागरिकबीचको विश्वासको डोरीमा आएको दरारको प्रतीक पनि हुन्। यो आन्दोलन मूलतः दशकौँको राजनीतिक बेथिति र भ्रष्टाचारविरुद्ध युवा पुस्ताको आक्रोश भए पनि, हिंसा र तोडफोडको बाटो अपनाउँदा यसले मुलुकलाई गहिरो सुरक्षा संकटमा धकेलेको छ।
यस चुनौतीको सामना गर्न तत्कालै प्रहरीको मनोबल उकास्ने, क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण गर्ने र शान्ति सुरक्षाका लागि आवश्यक स्रोतसाधन (विशेष गरी गाडी र हतियार) को व्यवस्थापन गर्न आवश्यक छ। तर, दीर्घकालीन समाधानका लागि राज्यले युवा पुस्ताको निराशालाई सम्बोधन गर्नुपर्छ, राजनीतिक नेतृत्वले जनमतको सम्मान गर्दै भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ र सबै सरोकारवालासँग समन्वय गरेर सुरक्षित र समावेशी समाज निर्माणको दिशामा अघि बढ्नुपर्छ। नत्र, अस्थिर राजनीति र क्षयीकृत सुरक्षा संयन्त्रले मुलुकलाई आन्तरिक असुरक्षाको भुमरीमा फसाउन सक्छ।

  • #ज्योतिकिरण#भृकुटी न्यूज#नेपाल प्रहरी#जेनजी आन्दोलन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ५.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ६.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.