एमाले विधान महाधिवेशन प्रतिनिधिको गाडीले बालिकालाई दियो ठक्कर, एक घण्टा ढिलो सुरु भयो बन्दशत्र

0

गोदावरी, ललितपुर । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनको दोस्रो दिन आज बन्दशत्र सुरु भएको छ। बन्दशत्रमा आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा एक बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला सुरु भएको छ । बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनकारी दिए।

गोदावरी ललितपुर सनराईज सभाहलमा शुक्रबार बन्दशत्रमा प्रस्ताव हुन बाँकी तीन प्रतिवेदन पेश हुने क्रम जारी छ । अहिले निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले प्रतिवेदन पेश गर्दै छन् । प्रतिवेदन पेश भएपछि १० समूहमा छलफल हुनेछ ।

निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पेश हुँदै छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले प्रतिवेदन पेश गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here